Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मानिसकै कारण प्राकृतिक सम्पदामाथि गम्भीर असर

मानिसकै कारण प्राकृतिक सम्पदामाथि गम्भीर असर

इच्छाकामना न्युज

१, फाल्गुण २०७९
मानिसकै कारण प्राकृतिक सम्पदामाथि गम्भीर असर

नवलपुर । गण्डकी प्रदेशका कृषि, उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरूङले मानवीय आचारणका कारण प्राकृतिक सम्पदामा असर परेको बताएका छन्। सहमति संस्थाको आयोजनामा गैंडाकोटमा भएको नारायणी जलाधार संरक्षणका लागि आयोजित ‘नारायणी नदी सम्मेलन’का क्रममा मन्त्री गुरूङले मानवसिर्जित समस्याका कारण प्राकृतिक सम्पदामा असर परेको बताएका हुन्।

images

पानी जीवनका लागि अपरिहार्य रहेको बताउँदै यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले सम्मेलनले प्रदेशको नीति बनाउन सघाउ पुग्ने विश्वाससमेत व्यक्त गरे। 

पूर्व विज्ञान तथा प्रविधिमन्त्री इञ्जिनियर गणेश शाहले नदी आमा समान गंगाको रूपमा लिइने र आमाले जस्तै पोषण दिइरहने भएकाले यसको संरक्षण जरूरी रहेको बताए। उनले प्रदेशको नीति बनाउँदा सरंक्षण कार्यलाई प्राथमिकतामा राख्न मन्त्री गुरूलाई आग्रहसमेत गरे। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रमा पानीको महत्त्व विशिष्ट रहेको बताउँदै पानीलाई सार्वजनिक सम्पत्तिका रूपमा ग्रहण गर्न सक्नुपर्ने बताए। नारायणी, राप्ती र रीउलगायतका नदीमा हुने दोहन रोक्नुपर्नेमा जोड दिए। 

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले जलवायु परिवर्तनले गर्दा ठूला बाढी आउने क्षति पुर्‍याउने गरेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे। गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले नारायणी नदीलाई स्वच्छता कायम राखी जलचरको संरक्षणका लागि मूहानदेखि नै संरक्षण कार्य प्राराम्भ गरिनुपर्ने बताए। 

images
प्रकाशित मिति :फाल्गुण १, २०७९ सोमवार - २०:५६:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology