Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्छः मुख्यमन्त्री खगराज अधिकारी

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्छः मुख्यमन्त्री खगराज अधिकारी

images

इच्छाकामना न्युज

२३, माघ २०७९
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्छः मुख्यमन्त्री खगराज अधिकारी
images

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा–१७ को २०औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले प्राकृतिक सौन्दर्य एवं विभिन्न पर्यटकीय गन्तव्यका आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।

पोखरा काठमाडौँपछि अत्यधिक सङ्ख्यामा पर्यटक आउने गरेको भन्दै उहाँले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटक भएको बताउनुभयो । आरोहणको इतिहास रच्ने अन्नपूर्ण हिमालको काखमा अवस्थित पोखराको महत्त्वपूर्ण गन्तव्यका रूपमा रहेको पर्वतीय सङ्ग्रहालयको समग्र विकासमा प्रदेश सरकारका तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यसको विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । 

सङ्ग्रहालय सभ्यताको पहिचान भएको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले हिमाल र हिमालीका गतिविधिबारे एउटै छानामुनि अध्ययन अवलोकन गर्न सकिने पर्वतीय सङ्ग्रहालयले सहासिक पर्यटक प्रवर्द्धन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले सङ्ग्रहालयलाई मनोरञ्जनभन्दा पनि ज्ञानको भण्डारका रूपमा लिइनुपर्नेमा जोड दिँदै आवश्यक सामग्री सङ्कलनसँगै प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार डा गणेशबहादुर गुरुङले पर्वतीय सङ्ग्रहालय विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालय भएको दाबी गर्दै यसलाई शैक्षिक एवं जीवनपयोगी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष एवं सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले सङ्ग्रहालयमा वार्षिक तीन लाखभन्दा बढी आन्तरिक बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्ने गरेको तर सङ्ग्रहालय अहिले पनि आत्मनिर्भर बन्न नसकेको बताउनुभयो ।

यसअघि मुख्यमन्त्री अधिकारी र मन्त्री गुरुङले सङ्ग्रहालय स्थापनाकालमा योगदान गर्नुहुने डा हर्क गुरुङ, खड्कविक्रम शाह र दावानर्वु शेर्पाको अर्धकदको शालिकमा माल्यापर्ण गर्नुभएको थियो ।

मुख्यमन्त्री अधिकारीले नेपाल पर्वतारोहणको झण्डोत्तोलन गर्दै, सङ्ग्रहालय परिसरमा तेजपातको बिरुवा रोप्नुभएको थियो । कार्यक्रममा सङ्ग्रहालयको स्थापना दिवसका अवसरमा आयोजित अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता तथा निबन्ध प्रतियोगिताका विजयी समूह तथा विद्यार्थीलाई नगद पुरस्कारसहित प्रशंसापत्र वितरण गरिएको थियो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पोखरा–१७ का वडाअध्यक्ष राधिका शाही योगी, सङग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेलगायतले सङ्ग्रहालयको महत्त्व एव पर्यटन प्रवर्द्धनमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

images
प्रकाशित मिति :माघ २३, २०७९ सोमवार - ०९:३८:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology