Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

व्यासका कर्मचारीले नियम विपरित घरभाडा लिएको समाचारप्रति लक्ष्मी गुरुङको खण्डन

व्यासका कर्मचारीले नियम विपरित घरभाडा लिएको समाचारप्रति लक्ष्मी गुरुङको खण्डन

इच्छाकामना न्युज

२०, माघ २०७९
व्यासका कर्मचारीले नियम विपरित घरभाडा लिएको समाचारप्रति लक्ष्मी गुरुङको खण्डन
images

तनहुँ । केहि दिन अघि इच्छाकामना न्युज डटकमले प्रकाशित गरेको ‘तनहुँको व्यास नगरपालिकाका केही कर्मचारीलाई कानुन विपरित मासिक घर भाडा सुविधा, रोक्न खोज्दा प्रशासकीय अधिकृतलाई दुर्वव्यवहार’ समाचारप्रति घरभाडा सुविधा लिने मध्यकी एक कर्मचारी जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले आपत्ति प्रकट गरेकी छिन् । उनले केही दिन अघि समाचार प्रकाशन गर्ने अनलाईन विरुद्ध प्रेस काउन्सियलमा उजुरी दिदै समाचारप्रति खण्डन गरेकी हुन् । 

images
images

उनले समाचारप्रति आपत्ति प्रकट गर्दै आफुले नक्कली घरबेटी खडा गरी घरभाडा बुझेको कुरा गलत भएको र कार्यपालिकाको निर्णयले नै आफुलाई कार्यालय समय भन्दा अतिरिक्त समयमा काम गर्नुपर्ने भएकोले घरभाडा सुविधा उपलब्ध गराएको साथै सो वापतको रकम घरबेटीले बुझेको जानकारी गरेका छन् । 

यस्तो छ उनको खण्डन पूर्ण पाठ

IMG20230109140607.jpg

नोटः यद्यपी उल्लेखित समाचारमा उल्लेख भएबमोजिम व्यास नगरपालिकाले कर्मचारीलाई उपलब्ध गराएको घरभाडा ऐन विपरित नै देखिन्छ । स्थानीय तहले घर भाडा सेवा सुविधा सम्बन्धि ऐन बनाएर मात्रै यो सुविधा दिन सक्ने भए पनि व्यास नगरपालिकाले अहिलेसम्म यो ऐन नबनाएको नगरपालिकाले इच्छाकामना न्युजसँगको कुराकानीमा स्वीकार गरेको छ । यसैले पनि यो सुविधा नियमविपरित नै रहेको सबैमा जानकारी गरिन्छ । यद्यपी ऐन नै नबनाई कर्मचारीलाई घरभाडा उपलब्ध गराउनु नगरपालिकाको कमजोरी देखिएकोले सो को कारण नगरपालिकाले नै निर्णय गरेर कार्यालयमा कार्यरत जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङको हकमा घरभाडा उपलब्ध गराएको समाचार प्रकाशन पश्चात निजलाई पर्न गएको असुविधा प्रति हामी क्षमा प्राथी छौं । 

images
प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - २०:१७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology