Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वेथिति

तनहुँको व्यास नगरपालिकाका केही कर्मचारीलाई कानुन विपरित मासिक घर भाडा सुविधा, रोक्न खोज्दा प्रशासकीय अधिकृतलाई दुर्वव्यवहार

तनहुँको व्यास नगरपालिकाका केही कर्मचारीलाई कानुन विपरित मासिक घर भाडा सुविधा, रोक्न खोज्दा प्रशासकीय अधिकृतलाई दुर्वव्यवहार

इच्छाकामना न्युज

२४, पौष २०७९
तनहुँको व्यास नगरपालिकाका केही कर्मचारीलाई कानुन विपरित मासिक घर भाडा सुविधा, रोक्न खोज्दा प्रशासकीय अधिकृतलाई दुर्वव्यवहार
images

दमौली । तनहुँको व्यास नगरपालिकामा कार्यरत केही कर्मचारीले कानुन विपरित घर भाडा लिने गरेको पाईएको छ। दमौली बाहिर घर भएका मात्र नभै दमौलीमै घर भएका केही कर्मचारीहरुले पनि कर्मचारी सेवा सुविधा सम्बन्धि कानुन विपरित मासिक रूपमा घर भाडा वापत नगरपालिकाबाट रकम बुझ्ने गरेको पाईएको हो । 

images
images

स्रोतले उपलब्ध गराएको जानकारी अनुसार पछिल्लो आव २०७८ र २०७९ नगरपालिकाबाट घर भाडा वापत रकम बुझ्नेहरुमा बावुराम खत्रीको घरमा बस्ने कुमार कञ्चन जिसिले मासिक ७ हजार, सृजना भण्डारीको घरमा बस्ने मेघनाथ आचार्यले मासिक १२ हजार ३ सय ७५, राधा आचार्यको घरमा बस्ने नगेन्द्र राज रेग्मीले मासिक ७ हजार, सत्यनारायण मल्लको घरमा बस्ने राजु पौडेलले मासिक ९ हजार ५ सय, सितादेवि सापकोटाको घरमा बस्ने प्रमोद सोतिले मासिक ७ हजार , मन्जु थापाको घरमा बस्ने गोकर्ण राज वाग्लेले मासिक ७ हजार, झमन सिंह आलेको घरमा बस्ने अमृत केसीले मासिक ७ हजार, उमा बरूवालको घरमा बस्ने लक्ष्मी गुरूङले मासिक ५ हजार र मोतिलाल मुलको घरमा बस्ने भेषराज तिवारीले मासिक ७  हजार गरि जम्मा मासिक रूपमा ६८  हजार ८ सय ७५ रूपैयाँ लिने गरेका छन् । 

यसरी घरभाडा लिनेहरु मध्य लक्ष्मी गुरुङको घर व्यास ९ गजौडेमा छन् भने उनले अहिले पनि घरबाटै कार्यालय आउजाउ गर्ने गरेको र घर भाडामा बसेको भन्दै नक्कली घरवेटी खडा गरी घरभाडा रकम बुझ्ने गरेको स्रोतले जानकारी दिएको छ । त्यस्तै दमौलीमै घर भएका गोकर्णराज वाग्ले मेयर बैकुण्ठ न्यौपानेका आफ्नै सालो हुन् भने कुमार कञ्चन जीसीको ब्यास २ मा आफ्नै घर छ तर उनले आफन्तलाई नक्कली घरवेटी बनाई नगरपालिकाबाट भाडा बुझ्ने गरेका छन्। 

त्यसैगरी नियम विपरित घरभाडा बुझ्ने अर्का कर्मचारी मध्य नगेन्द्र राज रेग्मीले केहि समय अघि अवकाश पाएका छन् भने हामीलाई प्राप्त घरभाडा बुझ्नेहरुको सूचि मध्यको मिरा जोशी व्यास नगरपालिकाको निवर्तमान उपमेयर हुन्। 

नगरपालिकाले घर भाडा सेवा सुविधा सम्बन्धि एैन बनाएर मात्रै यो सुविधा दिन सक्ने भए पनि नगरपालिकाले अहिलेसम्म यो एैन बनाएको छैन । यो सुविधा सँगै उनीहरूले थप अतिरिक्त भत्ता समेत खाने गरेको स्रोतले जानकारी दिएको छ। 

यता ऐन विपरित घरभाडा बुझेको पाईएपछि नगरपालिकामा सरुवा भै आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले यस्तो सुविधामा रोक लगाईदिएपछि कर्मचारीहरुले उनलाई दुर्वव्यवहार गरेका छन्। नियम विपरित आफ्नो खाईपाई आएको घरभाडा सुविधा कटौती गर्ने काम नयाँ हाकिमले गरेपछि ती कर्मचारीहरु हाकिम विरुद्ध एकजुट भै  केहि दिन अघि मात्रै कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत नागिलाको नेमप्लेट निकालेर फ्यालिदिएको थियो भने ढोकाका छिर्न नदिन साँचो लगाउने, हाकिमलाई हटाउन नगरप्रमुख समक्ष निवेदन जस्ता हर्कतहरु गरेका थिए।

यसरी जनताको करबाट उठेको रकम केही कर्मचारीले दुरुपयोग गरेको थाहा पाएपछि स्थानीय नगरवासीहरू भने कर्मचारी प्रति आक्रोसित भएका छन्।

images
प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - २१:३३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology