Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गैँडाकोटमा सामुदायिक वन सिमसार क्षेत्रको संरक्षणमा जुट्दै 

गैँडाकोटमा सामुदायिक वन सिमसार क्षेत्रको संरक्षणमा जुट्दै 

images

इच्छाकामना न्युज

२०, माघ २०७९
गैँडाकोटमा सामुदायिक वन सिमसार क्षेत्रको संरक्षणमा जुट्दै 
images

मायाँ कँडेल, नवलपरासी । नवलपरासीको गैँडाकोटमा केही सामुदायिक वन सिमसार क्षेत्रको संरक्षणमा जु्टेका छन् । देशभर ७ लाख ५० हजार हेक्टर क्षेत्रफलमा सिमसार फैलिएको छ ।

जनसङ्ख्या बढेसँगै सिमसारमाथिको अतिक्रमण बढिरहेका बेला उनीहरू संरक्षणमा जुटेका हुन् । गैँडाकोट ११ का गोपी नेपालीले भेडावारी वनको तालतलाउ, ओसिलो क्षेत्रको संरक्षण अभियानकै कारण सिँचाइ र पिउनका लागि पानीको समस्या नभएको बताउनुभयो ।

गैँडाकोट नगरपालिकामा पर्ने भेडाबारी सामुदायिक वनले कार्ययोजना बनाएर २ वटा सिमसार क्षेत्र पोखरी र कुवाको संरक्षण गरिरहेको छ । सिमसार क्षेत्रको सुरक्षाका कारण खानेपानीको मुहान बढेको, सिचाँइका लागि पानी सजिलै पाइएको वनका कोषाध्यक्ष भोजबहादुर महतोले बताउनुभयो ।

कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षणमा सिमसार क्षेत्रको भूमिका छ । गैँडाकोटको ढवाह तालले पानीको मुहान संरक्षण सँगै विभिन्न प्रजातिका जनावरको संरक्षणमा नन्दन सामुदायिक वनको सीमासार क्षेत्र जोगाउने अभियानले काम गरेको वनका अध्यक्ष बालकृष्ण गौडेलले जानकारी दिनुभयो ।

गैँडाकोट नगरपालिका क्षेत्रमा २२ वटा सामुदायिक वन छन् । त्यसमध्ये अहिले ९ वटा सामुदायिक वनमा सिमसार क्षेत्र संरक्षण अभियान चलिरहेको छ । 

images
प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - ०९:४०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology