Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सिन्धुपाल्चोकमा बस्ती स्थानान्तरण भएको वर्षौ बित्यो, खानेपानीसमस्या समाधान भएन 

सिन्धुपाल्चोकमा बस्ती स्थानान्तरण भएको वर्षौ बित्यो, खानेपानीसमस्या समाधान भएन 

images

इच्छाकामना न्युज

१०, माघ २०७९
सिन्धुपाल्चोकमा बस्ती स्थानान्तरण भएको वर्षौ बित्यो, खानेपानीसमस्या समाधान भएन 
images

सागर खड्का, सिन्धुपाल्चोक । भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १ सिम्पाल काभ्रेवासी वर्षौदेखि खानेपानीको अभाव झेल्न बाध्य भएका छन् । पुस्तौँदेखि बसोबास गर्दै आइरहेको सिङगो बस्तीको जमिन नै चिरा परेपछि गाउँ छाड्नु परेका उनीहरूलाई बस्ती स्थानान्तरण भएको वर्षौ बित्दा पनि पिउने पानीको समस्या समाधान भएको छैन । जसका कारण विस्थापितहरूको दैनिकी नै प्रभावित बनेको छ ।

भूकम्पले इन्द्रावती गाउँपालिका १ को तल्लो बसेरी, ढाडेँ लगायतका सिङगो बस्ती र खेतियोग्य जमिन समेत चिरा परेर बस्न नहुने भएपछि ५३ घरधुरी परिवार गाउँपालिकाको वडा नम्बर ४ नवलपुरमा सामूहिक जग्गा खरिद गरेर सरेका थिए । बस्तीको प्रत्येक घरमा धारा बनाइए पनि खानेपानी सङ्कलनको लागि बनाइएको ट्याङकी गुणस्तरीय नहुँदा काम नलाग्ने बनेको हो । बस्तीको लागि स्थायी खानेपानीको मुल समेत नहुँदा एक गाग्री पानी थाप्न दैनिक ३ किलोमिटर टाढा पग्नु पर्ने बाध्यता रहेको स्थानीयवासी हिरामाया तामाङले गुनासो गर्नुभयो ।

भूकम्पछि स्थानान्तरण भएको स्थान भिरालो जमिनमा भएका कारण अहिले निर्माण भएका घरहरू समेत चर्किएका छन् । विस्थापितहरूलाई खानेपानी समस्यासँगै जीविकोपार्जनको समेत चिन्ताले सताएको छ । प्रति घर ६ आना जमिन लिएर बस्ती बसालेका उनीहरूलाई तरकारी खेति, पशुपालनलगायत अन्न उत्पादनको लागि आवश्यक जमिन नहुँदा दैनिक गुजारा चलाउन समस्या भइरहेको अर्का स्थानीयवासी सुकमाया बोम्जनले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र नजिकैको बस्तीमा पिउने पानीको समस्या अन्त्य गर्न स्थानीय तहले योजना बनाएको बताएपनि कार्यान्वयन कहिले हुने भन्नेमा स्थानीय ढुक्क छैनन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले भने अबको दुई महिनाभित्रमा खानेपानीको समस्या समाधान गर्ने बताउनुभयो । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट व्यवस्था गरिएको छ तर पनि यहाँका नागरिक पिउने पानीको अभाव झेलिरहेका छन् । 

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - ०९:०४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology