Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुनसरीमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु, एक गम्भीर घाइते

सुनसरीमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु, एक गम्भीर घाइते

रासस

६, माघ २०७९
सुनसरीमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु, एक गम्भीर घाइते
images

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

images
images

खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथी खुकुरी प्रहार गरेका थिए । भागेर नजिकैको सागबारीमा पसेकी मञ्जुलाई उनले अन्धाधुन्ध खुकुरीले प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए । गम्भीर घाइते मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ । मृतक बुढाथोकीको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ ६, २०७९ शुक्रवार - ०९:२७:१३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology