Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

बन्दिपुर गाउँपालिको १२ औँ हिउँदे गाउँ सभा सुरु

बन्दिपुर गाउँपालिको १२ औँ हिउँदे गाउँ सभा सुरु

images

इच्छाकामना न्युज

२८, पौष २०७९
बन्दिपुर गाउँपालिको १२ औँ हिउँदे गाउँ सभा सुरु
images

तनहुँ । बन्दिपुर गाउँपालिका तनहुँको १२औँ हिउँदे गाउँ सभा आज बिहिबार देखि सुरु भएको छ । गाउँपालिकाले हिउँदे अधिवेशनका रुपमा बाह्र औँ हिउँदे गाउँ सभा आजदेखि सुरु गरेको हो । बर्षे अधिवेशनमा छुटेका तथा कार्य सञ्चालनका लागि जारी गर्नुपर्ने कानुन, नियम तथा विधेयक पास गर्न गाउँपालिकाको सभा सुरु भएको छ ।

पहिलो दिन आज बन्दिपुर गाउँपालिकाका अध्यक्ष एवं गाउँसभाका सभाध्यक्ष सुरेन्द्र बहादुर थापाले गाउँ सभा सुरु गरि कार्यक्रममा स्वागत गरेका थिए । यस्तै गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङले प्रगती बिबरण तथा समिक्षा प्रस्तुत गरेकी थिइन् । विधायन समितिका संयोजक बलबहादु गुरुङले बन्दिपुर गाउँपालिकाको पर्यटन बिकास ऐन २०७९ र जोखीम न्युनीकरण तथा ब्याबस्थापन बिधेयक २०७९ सभामा प्रस्तुत गरी पेस गरेका थिए ।

प्रस्तुत भएको विधेयकलाई बिधायन समितिमा पठाउन सभाले पास गरेको छ । बिधायन समितिले पास गरेपछि गाउँ सभाले अर्को सभामा पास गर्नेछ । अन्य विधेयक तथा कार्यक्रम पास गर्नका लागि बाह्र १२औँ गाउँ सभाको अर्र्को बैठक माघ १३ गतेका लागि बोलाइएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

images
प्रकाशित मिति :पौष २८, २०७९ बिहिवार - २१:१२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology