Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कटहरे – मोहनी धारापानी खण्डको मोटरमार्गको ट्रयाक निवर्तमान सासंद सिग्देलद्धारा अनुगमन

कटहरे – मोहनी धारापानी खण्डको मोटरमार्गको ट्रयाक निवर्तमान सासंद सिग्देलद्धारा अनुगमन

बि.बि. श्रेष्ठ

२५, पौष २०७७
कटहरे – मोहनी धारापानी खण्डको मोटरमार्गको ट्रयाक निवर्तमान सासंद सिग्देलद्धारा अनुगमन
images

तनहुँ, २५ पुस । तनहुँको घिरिङ्ग गाँउपालिका वडा नं २ मा रहेको कटहरे – मोहनी धारापानी खण्डको मोटरमार्गको ट्रयाक निवर्तमान सासंद केदार सिग्देलले शुक्रबार अनुगमन गर्नुभएको छ ।  गाईघाट – गल्याङ्ग वैकल्पिक राजमार्गमा पर्ने कटहरे धारापानी मोटरमार्ग विस्तारको लागी उक्त ट्रयाक खुल्ने भएको हो । तनहुँ जिल्लाको घिरिङ्ग गापा वडा नं २ र स्याङ्गजा जिल्लाको चापाकोट नगरपालिका जोड्ने स्थान सम्मको करिव ५ किलोमिटर वाटोको ट्रयाक खुल्ने तैयारी भएको निवर्तमान सासंद केदार सिग्दलले जानकारी दिनुभयो । 
गाईघाट – गल्याङ्ग वैकल्पिक राजमार्गको १७० किलोमिटर वाटो सम्पन्न भएपछि चितवनको गाईघाट देखि स्याङजाको गल्याङ्ग सम्म सिधा मोटरमार्ग वन्ने सासंद सिग्देलले जानकारी दिनुभयो । चितवन देखि स्याङजा जानको लागी यो वाटो निकै छोटो हुने घिरिङ्ग गापा वडा नं २ का वडाध्यक्ष पुर्ण वहादुर थापाले जानकारी दिनुभयो । 
चितवनको गाईघाट हुदै तनहुँको भिरकोट, रिसिङ्ग, मानपुर घिरिङ्ग हुदै स्याङजा जिल्लाको चापाकोट नगरपालिका हुदै गल्याङ – गाईघाट वैकल्पिक राजमार्ग पर्यटकिय तथा सामरिक दृष्टिकोणले पनि महत्वपुर्ण हुने सासंद सिग्देलले विश्वास लिनुभयो । यो वाटो संचालनमा आएपछि तनहुँको विकट मानिएको क्षेत्रले पनि उल्लेख्य विकास फड्को मार्नेछ भने दुरीको हिसावले पनि अति नै छोटो हुनेछ । कटहरे – मोहनी धारापानी खण्डको मोटरमार्गको ट्रयाक निरिक्षण गर्नका लागी नेकपा तनहुँका जिल्ला कमिटी सचिवालय सदस्य हरिराज कडेल, घिरिङ्ग गापा वडा नं २ का वडाध्यक्ष पुर्ण वहादुर थापा र स्थानिय वासिन्दाहरुको उपस्थिती रहेको थियो ।

images
images

images
प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - ०८:१९:४१ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology