Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रदेश १ मा आज एमाले नेतृत्वमा नयाँ सरकार दाबी

प्रदेश १ मा आज एमाले नेतृत्वमा नयाँ सरकार दाबी

इच्छाकामना न्युज

२४, पौष २०७९
प्रदेश १ मा आज एमाले नेतृत्वमा नयाँ सरकार दाबी
images

काठमाडौं । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ । एमालेको नेतृत्वमा सरकार गठन गर्न शिर्ष नेताबीच सहमति भएको स्रोतले जानकारी दियो ।

images
images

शिर्ष नेतृत्वमा सहमति भएसँगै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दिएको ७ दिनको समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।

७ दिनको समयसीमाको अन्तिम दिन एमाले दलका नेता कार्कीले दाबी पेश गर्न लागेका हुन् । प्रदेश सभामा कुनैपनि दलको एकल बहुमत छैन ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसिभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने ब्यवस्था छ ।

सो व्यवस्थाअनुसार कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सांसद गरी ६० जनाको समर्थन लिएर मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवस्यक पर्छ ।

 

 

images
प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - ०९:०७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology