Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

वैदेशिक रोजगार

विदेश गएकामध्ये ४५ प्रतिशत अदक्ष, कम पारिश्रमिकमा जोखिमपूर्ण काम गर्दै श्रमिक 

विदेश गएकामध्ये ४५ प्रतिशत अदक्ष, कम पारिश्रमिकमा जोखिमपूर्ण काम गर्दै श्रमिक 

images

इच्छाकामना न्युज

२१, पौष २०७९
विदेश गएकामध्ये ४५ प्रतिशत अदक्ष, कम पारिश्रमिकमा जोखिमपूर्ण काम गर्दै श्रमिक 
images

सुसिला श्रेष्ठ, काठमाडौँ । नेपालबाट रोजगारीका लागि विदेश गएकामध्ये ४५ प्रतिशत अदक्ष रहने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार नेपालबाट हाल दैनिक औषतमा २ हजार जना रोजगारीका लागि विदेश जाने गरेकोमा ९ सयभन्दा बढी अदक्ष रहने गरेका छन् । बिना सिप विदेशिँदा कम पारिश्रमिकमा बढि जोखिमपूर्ण काम गर्न श्रमिकहरू बाध्य भएका छन् । भने कामदारको दुर्घटना र मृत्युको समेत जोखिम बढाउने गरेको छ ।

पछिल्ला १४ वर्षमा वैदेशिक रोजगारीमा गएका १० हजार ९ सय ३२ जना नेपालीको मृत्यु भएको छ । यसमा कुनै न कुनै रुपमाकामदारकोदक्षता र पारिश्रमिक पनि जोडिएको विज्ञहरू बताउँछन् । कामदारलाई राज्यले आधारभुत सिप सिकाएर मात्रै विदेश पठाउनुपर्नेे रोजगार विज्ञ गणेश गुरूङले बताउनुभयो । तर वैदेशिक रोजगारीमा सिपयुक्त जनशक्ति पठाउने प्रयास गरिरहे पनि सोचेजस्तो हुन नसकिरहेको वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालको भनाइ छ ।

वैदेशिक रोजगारीमा जान चाहनेमध्ये कतिपयले सिप सिक्न पनि नचाहने गरेका छन् । तर, एकातिर जोखिम कम हुने र अर्कोतिर पारिश्रमिक पनि बढी हुने भएकाले वैदेशिक रोजगारीमा आफ्नो रुची अनुसारको सिप सिकेर जानु कामदारका लागि पनि फाइदाजनक छ । 

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - १०:१९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology