Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवन

चितवनको खैरहनी स्थित ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियो

चितवनको खैरहनी स्थित ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियो

रासस

२९, मंसिर २०७९
चितवनको खैरहनी स्थित ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियो

चितवन । चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो ।

images

दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा बुधबार तटबन्धनको शिलान्यास गरेका छन्। सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई अगाडि बढाउन एकापसमा सहकार्य गर्दै आएको बताए।

भारतले चितवनमा नौवटा योजनाका लागि लगानी गरिसकेको उल्लेख गर्दै उनले खैरहनीमा यो लगानी दोस्रो भएको जानकारी दिए। उनले तटबन्धनका लागि समय धेरै बाँकी नरहेको भन्दै तीव्र गतिमा काम गर्न आग्रह गरे ।

नगर प्रमुख खनियाँले नगरपालिकाले तटबन्धको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताए। समयमै काम सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । खैरहनी नगरपालिका–७ र १० को सीमा भएर बग्ने सो खोलामा रु चार करोड पाँच लाख ९८ हजारको लागतमा तटबन्ध निर्माण सुरु भएको हो । वैशाखमा सुरु हुनुपर्ने सो काम स्थानीय तह निर्वाचन तथा मङ्सिरमा भएको सङ्घ र प्रदेशको निर्वाचनका कारण ढिला भएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए।

पन्ध्र महिनाभित्र सम्पन्न गर्ने गरी गत वैशाखमा ठेक्का सम्झौता भएको थियो । कूल बजेटमध्ये ७५ प्रतिशत दूतावास तथा २५ प्रतिशत नगरपालिकाको छ । नगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठका अनुसार सुल्तनास्थित ढुङ्ग्रे खोलामा रहेको पुलभन्दा पश्चिततर्फ दुई सय मिटर तथा पुलभन्दा माथि पूर्वपट्टि एक हजार नौ सय २० मिटर तटबन्ध निर्माण गरिनेछ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७९ बिहिवार - १२:०९:३० बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology