Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

जहाँ चोरका लागि नै भेडा छुट्याइन्छ

जहाँ चोरका लागि नै भेडा छुट्याइन्छ

images

पत्रपत्रिका

२६, मंसिर २०७९
जहाँ चोरका लागि नै भेडा छुट्याइन्छ
images

चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडापालक किसान भेडासहित बेंसी झर्न थालेका छन् । जिल्लाको साईपाल, तल्कोट, मष्टा गाउँपालिका लगायतका भेडापालक चरनका लागि वर्षायाममा लेंकतिर जाने र हिउँद लागेपछि बेंसी झर्ने गर्छन् ।

भेडा पालकको हैरानी वास्तवमै टिठलाग्दो छ । भेंडा लिएर खर्कमै रात बिताउने क्रममा भेंडापालकले पटकपटक भेंडा गुमाएका छन् । साइपाल हिमालदेखि डोटीसम्मको यात्राका क्रममा आपूmहरू धेरै ठाउँमा लुटिने, कुटिने र ठगिने गरेको भेडा व्यावसायी साइपाल गाउँपालिका–१ का कालु धामीले बताए ।

सामुदायिक वनमा भेंडा चराएबापत शुल्क तिर्नुपर्ने झन्झटिलो नियमले किसानलाई निराश बनाएको छ । धामी भन्छन् ‘एक जनालाई पैसा दिएर पठायो केही दिनपछि अर्काे गाउँका मान्छे यो सामुदायिक वन त हाम्रोमा प¥यो भन्दै पैसा माग्न आउँछन् पैसा नदिए भेडा नै खोसेर लैजान्छन । धामीको भनाइअनुसार एउटै वनमा ८/१० दिन भेडा चराएबापत पटकपटक गरी १५/२० हजारसम्म तिर्नुपर्छ ।

कतिपय ठाउँ यस्तो छ । जंगलमा चराउन छोडेका भेडा चोरेर खाइदिन्छन । बझाङदेखि डोटी लैजाँदा र ल्याउदा बर्षमा कम्तीमा पनि १५/२० भेडा च्यांग्रा चोरकै लागि छुट्याउनुपर्ने बाध्यता रहेको भेडापालकको गुनासो छ । आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - १०:०९:४० बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology