Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सिन्धुपाल्चोकको हेलम्वु र इन्द्रावती गाउँपालिकाका एकल पुरुषलाई भत्ता

सिन्धुपाल्चोकको हेलम्वु र इन्द्रावती गाउँपालिकाका एकल पुरुषलाई भत्ता

images

रासस

१७, मंसिर २०७९
सिन्धुपाल्चोकको हेलम्वु र इन्द्रावती गाउँपालिकाका एकल पुरुषलाई भत्ता
images

चौतारा । सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु पाँच सय भत्ता दिने भएको छ । गाउँपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ ।

हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था पनि दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताए । हेलम्बु गाउँपालिकाले एकजनालाई रु पाँच सय दिने व्यवस्था गरेको छ ।

 

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - ०९:५५:५७ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology