Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

कुटपिट गरी छिमेकीको हत्या गरेको आरोपमा धनुषामा दुई जना पक्राउ

कुटपिट गरी छिमेकीको हत्या गरेको आरोपमा धनुषामा दुई जना पक्राउ

images

रासस

१७, मंसिर २०७९
कुटपिट गरी छिमेकीको हत्या गरेको आरोपमा धनुषामा दुई जना पक्राउ
images

जनकपुरधाम । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।

गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । सोही घटनामा अन्य तीन जना घाईते भएका छन् ।

सो घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए ।

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - ०९:५१:२७ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology