Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

राप्तीको लोथरबाट लागुऔषधसहित २ जना नियन्त्रणमा

राप्तीको लोथरबाट लागुऔषधसहित २ जना नियन्त्रणमा

इच्छाकामना न्युज

९, मंसिर २०७९
राप्तीको लोथरबाट लागुऔषधसहित २ जना नियन्त्रणमा

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित पूर्व–पश्चिम राजमार्गबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बाडा परेउवा–१ का २८ वर्षीय राहुल शर्मा र २९ वर्षीय अजित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

images

मंसिर ७ गते विशेष सूचनाको आधारमा मकवानपुरबाट चितवनतर्फ आउँदै गरेको ना ५७ प २४६४ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा लागुऔषध डाईजेपाम ५४८ एमपुल, फेनारगन ५५० एमपुल र नोफिन ५५० एमपुल फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

लागुऔषध फेला परेपछि निजहरुलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले बताए ।

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - ०८:२७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology