Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दुर्घटना

बैतडीमा मतपेटिका पुर्‍याएर फर्किएको प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु

बैतडीमा मतपेटिका पुर्‍याएर फर्किएको प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु

रासस

५, मंसिर २०७९
बैतडीमा मतपेटिका पुर्‍याएर फर्किएको प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु
images

बैतडी । बैतडीमा प्रहरी सवार जीप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४, निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको हो ।

images
images

मतपेटिका पुर्‍याएर फर्कंदै गरेको नेपाल प्रहरी टोली सवार जीप दुर्घटनामा हुँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

उनले भने, “तीनजनाको मृत्युु भएको भन्ने खबर आ’को छ, उद्धार जारी रहेको आएको खबर छ । म आफैँ घटनास्थल जाँदै छु ।”

जीप सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुन सक्ने प्रजिअ पन्थीको भनाइ  छ । घटनाको थप विवरण आउन बाँकी छ । 

images
प्रकाशित मिति :मंसिर ५, २०७९ सोमवार - ०८:३८:०२ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology