Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनिति

तपाईको काम विश्वास गर्ने हो, मेरो काम विकास गर्ने हो : उमेश श्रेष्ठ

तपाईको काम विश्वास गर्ने हो, मेरो काम विकास गर्ने हो : उमेश श्रेष्ठ

images

इच्छाकामना न्युज

१, मंसिर २०७९
तपाईको काम विश्वास गर्ने हो, मेरो काम विकास गर्ने हो : उमेश श्रेष्ठ
images

चितवन । मंसिर ४गते हुने संघीय तथा प्रादेशिक निर्वाचनको लागि उमेद्वारको प्रचारप्रसारको काम अन्तिम चरणमा पुगेको छ । उमेद्वारहरु चुनाबी अभियानको  आज अन्तिम दिन घरदैलो गर्ने र मतदाता रिझाउने अन्तिम कसरतमा छन । चितवनको सबैभन्दा बढी ध्यान केन्द्रित भएको चितवन क्षेत्र नम्बर २ मा चुनावी माहोल थप रोचक बन्दै गएको  छ ।

चुनावी प्रचार अभियान अन्तिम चरणमा आउने क्रममा चितवन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरपालिका वडा नम्बर १० मा घरदैलो तथा विभिन्न सामाजिक संस्था तथा समुहसंग भेटघाट र अन्र्तक्रिया गरेका छन । सो क्रममा  मतदाताले श्रेष्ठलाई अग्रिम जित र शुभकामना दिएका छन । उनीहरुले लोकतन्त्रको रक्षा र विकास गर्न उमेश श्रेष्ठको विकल्प  नरहेको भन्दै जितको अग्रिम बधाई दिएका थिए ।

नेपाली कांँग्रेस क्षेत्र नम्बर २ का सदस्य रचन कार्कीले पछिल्ला दिनहरुमा उमेश श्रेष्ठ प्रति झन उत्साह र लहर थपिएको बताए । ‘अहिले झन उमेश श्रेष्ठ सरको पक्षमा मतदाता उत्साहित हुनुहुन्छ ,उनले भने, उहांँहरुले अग्रिम जितको बधाई पनि दिनुभएको छ ।’ विभिन्न आमा समुह, सामाजिक संस्था, टोलका अन्य संस्थाहरुले पनि कार्यक्रम राखेरनै स्वागत तथा शुभकामना दिएको कार्कीले बताए ।

प्रचारप्रसार अभियानका  क्रममा बोल्दै  श्रेष्ठले मतदाताले दिएको विश्वासलाई आफूले कहिल्यैपनि डगमगाउउन नदिने बताए । ‘जनताले अहिले उन्नति प्रगति समृद्धि चाहनु भएको छ । विश्वास जनताले गर्ने हो विकास मैले गर्ने हो ।’ श्रेष्ठले भने ।
मतदाता र जनताले आफूलाई निकै ठुलो आशा र भरोसा गरेकोले यो निर्वाचन आफ्नो परीक्षाको घडी समेत भएको श्रेष्ठले बताए । लोकतन्त्रको रक्षा र देशको समृद्धिको लागि सानातिना समस्याले आफूलाई फरक नपार्ने श्रेष्ठको भनाई थियो ।

प्रदेश २ ख का उम्मेद्वार उत्तम जोशीले चितवनका हरेक समस्यासंँग आफू भिज्दै आएको भन्दै मतदाताले गरेको माया र सद्भावलाई कहिल्यै खल्बलाउन नदिने बताए । हिजोका दिनमा पनि भ्रष्टाचार, वेथिति ,अनियमितताको विरुद्ध लड्दै आएकोले अब आफू निर्वाचित भएमा भ्रष्टाचार न्यूनिकरण र युवा रोजगारी पहिलो प्राथमिकता हुने जोशीको भनाई थियो  ।

गठबन्धनका प्रदेश २ क का उम्मेद्वार घनश्याम दाहालले यसअघि आफूले प्रदेश मन्त्री भएर चितवनमा काम गरेर देखाईसकेकोले जनताको विश्वास जित्न सफल भएको बताए । यसपटक पनि जनताले आशा र भरोसा गरेको भन्दै उनले चितवनमा भएका विकास निर्माणका अधुरा काम गर्न पनि जनताले मत दिएर जिताउने विश्वास व्यक्त गरे ।

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - १६:४९:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology