Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

गोरखामा प्रचण्डविरुद्ध उठेका एमाले उम्मेद्वार अब्दुसको टोलीमाथि आक्रमण, एकजना गम्भीर घाइते

गोरखामा प्रचण्डविरुद्ध उठेका एमाले उम्मेद्वार अब्दुसको टोलीमाथि आक्रमण, एकजना गम्भीर घाइते

images

इच्छाकामना न्युज

२८, कार्तिक २०७९
गोरखामा प्रचण्डविरुद्ध उठेका एमाले उम्मेद्वार अब्दुसको टोलीमाथि आक्रमण, एकजना गम्भीर घाइते
images

गोरखा । गोरखामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ। आइतबार राति पाँच जनाको समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका–७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले आक्रमण गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए।

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ मा एमालेबाट उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण हुँदा एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ।

उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौँ लगिएको छ। आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ। आक्रमणमा संलग्न ५ जना मध्य प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने अन्य तीन जना अझै फरार छन्। प्रवक्ता लामिछानेका अनुसार राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको र अन्य तीन फरार छन्।

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - ०९:१६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology