Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

तपाईको सेवक हुने अवसर दिनुहोस : उमेश श्रेष्ठ

तपाईको सेवक हुने अवसर दिनुहोस : उमेश श्रेष्ठ

images

इच्छाकामना न्युज

२४, कार्तिक २०७९
तपाईको सेवक हुने अवसर दिनुहोस : उमेश श्रेष्ठ
images

चितवन । लोकतान्त्रिक वामगठबन्धन चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार आफू व्यक्ति धनी बनाउन नभई देश  धनी बनाउन राजनीतिमा आएको बताएका छन । बुधबार भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले देश धनी नभए व्यक्ति पनि गरिब हुने बताए । देश धनी हुन यहांँका साधन श्रोतलाई सही रुपमा परिचालन गर्नुपर्ने उनको भनाई थियो ।

‘देश धनी भए व्यक्ति धनी हुन्छ । म देश धनी बनाउननै राजनीतिमा आएको हुंँ ।’ उनले भने ।  चितवन शिक्षा स्वास्थ्य पर्यटन कृषिको हब भएकोले यसलाई प्रर्वद्धन गर्न सके विकासले कोल्टे फेर्ने उनले बताए ।

आफू व्यवसाय क्षेत्रमा झण्डै पांँच दशक सेवा गर्दै आएको भन्दै अबको समय जनताको सेवा गर्नआएको उनले बताए । आफू राजनीतिमा लागे देखिनै जनताको सेवा गर्दै आएको भन्दै उनले भने, ‘चाहे माडीको विकास भन्नुस, चाहे पश्चिम चितवनको विकास भन्नुस म र प्रचण्ड जी संँगै थियौं ।’ उनले भने ।

व्यवसायिक कृषिलाई सरकारले जोड दिनुपर्ने भन्दै श्रेष्ठले देशको प्रगतिको लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्ने  बताए । २३ बर्षपछि पुनः चितवनमा गठबन्धनले आफूलाई उम्मेद्वार बनाएर अवसर दिएको भन्दै एकपटक मौका दिन उनले आग्रह गरे । ‘मलाई एकपटक अवसर दिनुहुन्छ विश्वास छ । म  तपाईको सेवक हुन पाउंँ ।’ उनले भने ।

मंसीर ४ गते परीक्षाको घडी भएको भन्दै कांँग्रेसले २३ बर्षपछि इतिहास कोर्नका लागि  आम मतदातालाई जिताउन उनले आग्रह गरे । आफूले जितेमा यो क्षेत्रमा विकासका लागि सम्पर्क कार्यालय स्थापना गरी हरेक जनताको समस्याको समाधान गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे । सो क्रममा क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वारले भरतपुर वडा नम्बर ११, नारायणगढ तथा देवघाट क्षेत्रमा घरदैलो गरेका थिए । 

 
 

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - १०:१९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology