Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनिति

चितवन २ का गठबन्धन उमेदवार उमेश श्रेष्ठको यस्ता छन् प्रतिबद्धता

चितवन २ का गठबन्धन उमेदवार उमेश श्रेष्ठको यस्ता छन् प्रतिबद्धता

images

इच्छाकामना न्युज

२४, कार्तिक २०७९
चितवन २ का गठबन्धन उमेदवार उमेश श्रेष्ठको यस्ता छन् प्रतिबद्धता
images

चितवन । चितवन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनबाट उमेदवारी दिएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ चुनावी प्रचारमा व्यस्त छन् । जनताका घरदैलोसम्म पुगेर आफ्ना एजेण्डा बताउन श्रेष्ठलाई भ्याइनभ्याई छ ।

चार दशकदेखि शिक्षा क्षेत्रमा लगानीसमेत गरी अनुभव बटुलेका उनले आफ्नो निर्वाचन क्षेत्रमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने बताएका छन् । चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउने र नेपाली विद्यार्थीहरु पढ्नका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने उनको प्रतिबद्धता छ ।

सुकुम्बासीलाई लालपुर्जा वितरण गरी नमुना बस्ती विकास गर्ने, भरतपुर महानगरमा व्यवस्थित बस्ति विकास, खुला ठाउँमा ल्याण्ड पुलिङमार्फत व्यवस्थित बस्ति विकासको गुरु योजना तयारी पारी पहिलो नमुना परियोजना सञ्चालन गर्ने उनको योजना छ ।

एकिकृत खानेपानी तथा ढल निकास, सुविधा सम्पन्न सरकारी आवासिय विद्यालय स्थापना, प्रत्येक पालिकामा एक व्यवसायिक तथा प्राविधिक विद्यालय, चेपाङ जातिको जीवन उत्थानका लागि रोजगारमुलक र सीपमुलक कार्यक्रम तर्जुमा गरिने उनले बताएका छन् ।

कृषि बजारमा किसानको पहुँच स्थापित गर्ने, इच्छाकामना र कालिकामा ग्रामिण विकासको कार्यक्रम सञ्चालन, इच्छाकामनामा २५ शैयाको अस्पताल निर्माण, शक्तिखोरस्थित औद्योगिकग्रामलाई हरितग्रामका रुपमा विकास गर्ने र बैंकिङ सेवालाई गाउँ–गाउँमा पु¥याउने उनको वाचा छ ।

त्यस्तै, फिस्लिङ–शक्तिखोर सुरुङ मार्गको सम्भाव्यता अध्ययन, भरतपुर विमानस्थल विस्तार र नारायणी नदीमा अर्काे पुल निर्माणलाई प्राथमिकता दिने उनले बताएका छन् ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - ०९:५२:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology