Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

रवि लामिछानेले धोका दिएकोे भन्दै स्वतन्त्र उम्मेद्वार सुन्दर डल्लाकोटीको समर्थन उमेश श्रेष्ठलाई

रवि लामिछानेले धोका दिएकोे भन्दै स्वतन्त्र उम्मेद्वार सुन्दर डल्लाकोटीको समर्थन उमेश श्रेष्ठलाई

images

इच्छाकामना न्युज

२१, कार्तिक २०७९
रवि लामिछानेले धोका दिएकोे भन्दै स्वतन्त्र उम्मेद्वार सुन्दर डल्लाकोटीको समर्थन उमेश श्रेष्ठलाई
images

चितवन । चितवन क्षेत्र नम्बर २ का एक स्वतन्त्र उम्मेद्वारले लोकतान्त्रिक वामगठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठलाई समर्थन गरेका छन । आज कालिका नगरपालिकामा भएको चुनावी कोणसभामा स्वतन्त्र उम्मेद्वार सुन्दर डल्लाकोटीले श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै डल्लाकोटीले रवि लामिछानेले पैसा खाएर चितवन क्षेत्र नम्बर ३ छाडेर क्षेत्र नम्बर २ मा उम्मेद्वारी दिएको सुनेपछि आफूले उमेश श्रेष्ठलाई समर्थन गरेको बताए । ‘पहिला म क्षेत्र नम्बर २ मा लड्ने र रवी क्षेत्र नम्बर ३ मा लड्न सहमति भएको थियो तर उनले पैसा खाएर धोका  दिएपछि मैले उनको साथ छोडें  ।’ डल्लाकोटीले भने । आफू प्रतिगमन र मण्डलेको सधै विरोधमा रहेकोले कुनैपनि हालतमा त्यस्ता छद्मभेषी उम्मेद्वारलाई छाडेको उनको भनाई थियो । ‘म यही क्षेत्र बुझेको हिडेको व्यक्ति यस्ता धोकेबाज र मण्डलेलाई समर्थन गरेर चितवनका जनतालाई थप पछाडि धकेल्न हुन्न भनेर उमेश श्रेष्ठलाई समर्थन गरेको हुंँ । ’उनले भने ।

क्षेत्र नम्बर २ मा  श्रेष्ठ जस्तो स्वच्छ , विकासप्रेमी उम्मेदवार कोही नरहेको भन्दै   आफ्ना पार्टीका साथीहरुकै सल्लाहामा समर्थन गरेको उनले बताए । ‘उहांँले यसअघि पनि पटक पटक संसद र मन्त्रालयमा काम गरेर देखाई रहनुभएको छ ।  आफ्नो सम्पूर्ण सम्पत्तिको  आधा ट्रष्टलाई दिने घोषणा गरिसक्नु भएको छ । हामी जस्तो युवाले उहांँलाई सपोर्ट नगरे कसले गर्छ ।’ उनले भने । जिल्लाका नेता तथा उम्मेद्वारले डल्लाकोटीले गरेको  समर्थन र साथको स्वागत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल  वडास्तरीय सभापति लगायत पांँचदलीय गठबन्धनका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । 

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - ०९:०५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology