Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनिति

कालिकालाई हरित औद्योगिक क्षेत्र बनाएर उत्पादन र रोजगारीमा बृद्धि गर्नेछु : गठबन्धन उम्मेद्वार उमेश श्रेष्ठ

कालिकालाई हरित औद्योगिक क्षेत्र बनाएर उत्पादन र रोजगारीमा बृद्धि गर्नेछु : गठबन्धन उम्मेद्वार उमेश श्रेष्ठ

images

इच्छाकामना न्युज

२०, कार्तिक २०७९
कालिकालाई हरित औद्योगिक क्षेत्र बनाएर उत्पादन र रोजगारीमा बृद्धि गर्नेछु : गठबन्धन उम्मेद्वार उमेश श्रेष्ठ
images

चितवन । प्रतिनिधिसभा सदस्य पदका लागि वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर २ को साझा उम्मेदवार उमेश श्रेष्ठले कालिका नगरपालिकामा हरित  औद्योगिक क्षेत्र बनाएर उत्पादन र रोजगारी बृद्धि गर्ने आफ्नो योजना रहेको बताएका छन् । ‘यो क्षेत्रलाई हरित औद्योगिक क्षेत्र बनाएर उत्पादन तथा रोजगारीमा बृद्धि गर्नेछु ।’ श्रेष्ठले भने ।

आइतबार चुनावी घरदैलो कार्यक्रम अन्तर्गत कालिका नगरपालिका वडा नम्बर १, २, ४ र ५ मा मतदाताहरुसँगको कुराकानीका क्रममा श्रेष्ठले हरियालीपूर्ण औद्योगिक क्षेत्रको विकास गरी एकातिर बेरोजगारीको अन्त्य र उद्योगको विकास गर्दै  पर्यटन प्रवद्र्धन गरी आयआर्जन समेत  गर्न सकिने उनले बताए । यसका लागि यहांँको सडकको पूर्वाधारको खांँचो हुने उनको भनाई थियो । उनले आफूलाई मतदाताले विश्वास गरी निर्वाचन जिताउन आग्रह गरे ।

सो अवसरमा बोल्दै प्रदेश २ क का प्रदेश सभासदस्य घनश्याम दाहालले आफूले यसअघि प्रदेश सांसद भएर कालिकाको मुहार फेरिसकेको बताउंँदै अधुरा काम सम्पन्न गर्न पनि गठबन्धनको जित आवश्यक रहेको बताए ।

यसैबीच, नेपाल सरकारका राज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले आइतबार नै भरतपुरमा चितवन क्षेत्र नम्बर २ वाम–लोकतान्त्रिक गठबन्धन दलहरुको संयुक्त विद्यार्थी भेलालाई सम्बोधन गरेका छन् । उनले विद्यार्थीहरुलाई सम्बोधन गर्दै शिक्षा नै सर्वोपरि भएकोले सामुदायिक शिक्षाको विकासमा आफूले योगदान गर्न चाहेको बताए । उनले शिक्षाको विकास विना देशको आर्थिक समृद्धिको यात्रा  समेत अधुरो हुने बताए । 

images
प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - १९:५०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology