Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनिति

बोल्न होइन काम म गर्न आएको हुँ : उमेश श्रेष्ठ

बोल्न होइन काम म गर्न आएको हुँ : उमेश श्रेष्ठ

images

इच्छाकामना न्युज

१७, कार्तिक २०७९
बोल्न होइन काम म गर्न आएको हुँ : उमेश श्रेष्ठ
images

चितवन । सत्तारुढ गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं.२ का नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठले आफू काम गर्नका लागि जनताको माझ आएको बताएका छन् । उनले आफू गफ गर्न नभई परिणाम देखिने गरी काम गर्न आएको बताएका हुन् ।

उनले संविधानको रक्षा गरेर जनाको विकासको चाहना पूरा गर्ने विश्वास दिलाए । अरुलाई दोष दिनुभन्दा पनि आफूले काम गर्न चाहेको भन्दै उनले आफ्नो कार्यकालमा परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाए । जनताको स्वास्थ्य, शिक्षाको अवस्थामा नतिजा देखाउने गरी काम गर्ने उनको प्रतिबद्धता थियो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनका उम्मेदवार मतदाता भेटघाटको क्रममा आफूलाई विश्वास गर्न आग्रह गरेका छन् । तीस वर्ष भन्दा लामो समयदेखि चितवनमा रहँदै आएको बताएका उनले आफ्नो संकल्प राष्ट्रको समुन्नत विकासको रहेको उल्लेख गरे ।

प्रदेश सभा सदस्य २ (ख)का उम्मेदवार काँग्रेसका उम्मेदवार उत्तम जोशीले पनि आफूले सधैं निष्ठाको राजनीति गरेको बताउँदै जनताको विश्वास खोजेको बताए ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७९ बिहिवार - २०:४२:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology