आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा लोकतान्त्रिक बाम गठबन्धनले आईतबार चुनावी सम्पर्क कार्यालयको स्थापना गरेको छ । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आँबुखैरेनी ३, स्थित पेट्रोल पम्प अगाडि रहेको भवनमा गाउँपालिका स्तरीय चुनावी सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो।
प्रतिनिधि सभा सदस्य पदका लागि तनहुँ क्षेत्र नं. १ बाट रामचन्द्र पौडेल र प्रदेश सभा सदस्य पदका लागि तनहुँ क्षेत्र नं. १ ‘ख’ बाट हरि बहादुर चुमानले उम्मेदवारी दिएका छन । चुनावी सम्पर्क कार्यालयको एक कार्यक्रमका बिच तनहुँ क्षेत्र नं. १ ‘ख’ का प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता हरि बहादुर चुमानले उद्घाटन गरेका छन् ।

कार्यक्रममा गठबन्धनका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुले एक भएर चुनाव प्रचार प्रसार गर्ने र गठबन्धनका उम्मेदवारलाई जित सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार हरि बहादुर चुमान, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, गाउँपालिकाका पुर्व अध्यक्ष एवं नेपाली काङ्ग्रेसका नेता गिर बहादुर थापा, नेपाली काङ्ग्रेस आँबुखैरेनी गाउँ पार्टीका सभापति तथा गठबन्धनका संयोजक बिष्णु बहादुर पन्त, माओवादी केन्द्रका नेता प्रेम बहादुर गुरुङ लगायत गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताको सहभागी रहेको चुनाव प्रचार प्रसार समितिले जानकारी दिएको छ ।