Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धनकुटाका किसानले लगाएको सयपत्री नफुल्दा किसान चिन्तित 

धनकुटाका किसानले लगाएको सयपत्री नफुल्दा किसान चिन्तित 

इच्छाकामना न्युज

३, कार्तिक २०७९
धनकुटाका किसानले लगाएको सयपत्री नफुल्दा किसान चिन्तित 
images

विदुर खवास, धनकुटा । गतवर्षकोभन्दा यसपाली तिहार केही दिन छिटो छ । तिहार सुरु हुन एक साताभन्दा कम समय बाँकी रहँदा धनकुटामा व्यवसायिक रुपमा लगाईएको तिहार लक्षित सयपत्री फूल फुलेको  छैन । सयपत्रीको पकेट क्षेत्र मानिने स्याउले, लाँकुरे र सिप्तेनमा तिहार लक्षित फूल नफूलेपछि किसान चिन्तित बनेका छन् ।

images
images

धनकुटा–३, सिप्तेनका रेसबहादुर राईले यस वर्ष पनि १० रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेति गर्नु भएको छ । फूल बेचेरै वर्षमा एक लाख ५० हजारभन्दा बढि आम्दानी गर्ने राई यो वर्ष भने फूल कम फुलेका कारण चिन्तामा हुनुहुन्छ ।

अर्का किसान सुकमाया राई पनि ५ रोपनी क्षेत्रफलमा लगाएको फूल नफुलेपछि निरास हुनुहुन्छ । तिहार नजिकिँदै गर्दा फूल नफुलेपछि, चाडपर्वको खर्च कसरी जोहो गर्ने भन्ने चिन्ता उहाँलाई छ ।

कृषि ज्ञानकेन्द्र धनकुटाका अनुसार धनकुटामा व्यवसायिक नभएर मौसमी फूल खेति हुने भएकाले मौसम परिवर्तन, कृषिबालीमा अधिक विषादीको प्रयोग र समयमा वर्षा नहुँदा यस्तो समस्या देखिएको हो ।

धनकुटाको स्याउले, लाँकुरे र सिप्तेन क्षेत्रका सयभन्दा बढि किसान समयमा सयपत्री फूल नफुलेका कारण चिन्तित छन् । एक सय ४० रोपनी क्षेत्रफलमा लगाईएको फूल नफुलेपछि ५० लाख बराबरको नोक्सानी हुने किसानहरूरुको भनाइ छ । 

images
प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - ०९:०७:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology