Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनिति

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको इच्छाकामना पनि संगठन विस्तार, संयोजकमा जित बहादुर थापा

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको इच्छाकामना पनि संगठन विस्तार, संयोजकमा जित बहादुर थापा

images

इच्छाकामना न्युज

३, कार्तिक २०७९
रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको इच्छाकामना पनि संगठन विस्तार, संयोजकमा जित बहादुर थापा
images

कुरिनटार । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले इच्छाकामनामा आफ्नो संगठन बिस्तार गरेको छ । बैकल्पिक राजनैतिक शक्तिको रुपमा आफुलाइ पेश गरेको दावी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी मंसिर ४ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनमा भाग लिदै पार्टी सभापति चितवन क्षेत्र नम्बर २ बाट उमेदवार बनेपछी सोहि क्षेत्र अन्तर्गत पर्ने इच्छाकामनामा पनि संगठन बिस्तार गरेका हुन् । 

166622953520221020_062357.jpg

साथै सो पार्टीले कुरिनटारमा सम्पर्क कार्यालय स्थापना गरिएको छ। पहिलोपटक चुनावी भेटघाटका लागि भन्दै इच्छाकामना आएका रवि लामिछानेले मुग्लिन,फिस्लिङ कुरिनटारको केही स्थानमा स्थानियसंग घर घरमै पुगेर भेटघाट र परिचय गरेका थिए भने कुरिनटारको इच्छाकामना मन्दिरमा उपस्तिथि जनसमुदायलाई सम्बोधन गरेका थिए। 

भेटघाट र संबोधन पछि बसेको इच्छाकामनाको भेलाले इच्छाकामना ५ का जित बहादुर थापाको संयोजकत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी इच्छाकामनाको समिति बिस्तार गरेका हुन् । वडा कमिटी बिस्तारको जिम्मा त्यसै समितीलाई दिएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - ०८:०१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology