Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

फ्रान्समा तलबवृद्विको माग गर्दै प्रदर्शन, ११ जना पक्राउ 

फ्रान्समा तलबवृद्विको माग गर्दै प्रदर्शन, ११ जना पक्राउ 

images

एजेन्सी

२, कार्तिक २०७९
फ्रान्समा तलबवृद्विको माग गर्दै प्रदर्शन, ११ जना पक्राउ 
images

फ्रान्स । फ्रान्समा तलबवृद्धिको माग गर्दैप्रदर्शन सुरु भएको छ । उच्च मुद्रास्फीति र महँगीअनुसार तलबवृद्धिको माग गर्दै कालो पहिरन लगाएर सडकमा उत्रिएर हजारौं व्यक्तिहरूले प्रदर्शन सुरु गरेको हो ।

प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । ११ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ ।

विभिन्न मजदुर युनियनले तलबवृद्धिको माग र प्रतिपक्षी दलहरुले सरकारविरुद्ध हिजो आह्वान गरेको राष्ट्रव्यापी हड्तालका कारण फ्रान्सभर सार्वजनिक यातायात, विद्यालय, ऊर्जा र इन्धन प्रशोधन केन्द्रहरू प्रभावित भएका छन् । मजदुर युनियनहरूको राष्ट्रव्यापी हड्तालका कारण क्षेत्रीय रेलहरूको सङ्ख्या करिब आधाले कटौती गरिएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - ०९:२७:२५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology