Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

तनहुँ बन्दिपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

तनहुँ बन्दिपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

३१, आश्विन २०७९
तनहुँ बन्दिपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
images

बन्दिपुर । तनहुँ बन्दिपुर गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७८र०७९ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माले बताएका छन् ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष  सुरेन्द्र थापाको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पंचमायाँ गुरुङ,  वडाध्यक्ष लगायत  जनप्रतिनिधीहरु  राजनितिक दलका प्रतिनिधि,  सुरक्षा निकाय,  तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको पालिकाका प्रेस सल्लाहकार सागर गिरीले बताए।

बन्दिपुर गाउँपालिकाकाको आयोजनामा तथा मदानि मिडिया नेटवर्क प्रा लि को सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण मिडियाका सिइयो बिष्णुकान्त घिमिरेले गरेका थिए ।

कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी  योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७९ सोमवार - २१:४९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology