Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनीति

चितवन २ को प्रदेश 'क' मा एमालेबाट इच्छाकामनाका कृष्ण सिलवालले गरे उम्मेदवारी दर्ता

चितवन २ को प्रदेश 'क' मा एमालेबाट इच्छाकामनाका कृष्ण सिलवालले गरे उम्मेदवारी दर्ता

images

इच्छाकामना न्युज

२३, आश्विन २०७९
चितवन २ को प्रदेश 'क' मा एमालेबाट इच्छाकामनाका कृष्ण सिलवालले गरे उम्मेदवारी दर्ता
images

चितवन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनका कृष्ण सिलवालले चितवन क्षेत्र नं. १ को प्रदेश सभा 'क' मा उम्मेद्वारी दर्ता गरेका छन्। प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको कार्यक्रम तालिका अन्तर्गत आज मनोनयन दर्ताको दिन नेकपा एमालेबाट उनले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताको लागि सिलवालको प्रस्तावकमा नारायण प्रसाद अधिकारी र समर्थकमा दान बहादुर गुरुङ रहेका थिए। उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै पहाडको भुमीपुत्रले पहिलो पटक उम्मेदवार बन्ने अवसर पाएको सिलवालले बताए। उनले भने "चितवनको पहाडी भुभागमा रहेका चेपाङ दलित र पिछडिएको जनजाति समुदायसँग खाएर खेलेर भार पर्म गरेर हुर्केको हु म, यसैले पहाडको समस्या के हो ? र कसरी समाधान गर्नु पर्छ भन्ने योजना सँग छ।" यस्तै सुखी नेपाली समृद्धि नेपाल बनाउने मुल नारालाई सार्थक बनाउन पहाडका तमाम बस्तीका समुदायहरुलाई स्वरोजगार कसरी सृजना गर्न सकिन्छ भन्ने मुल एजेन्डा र सो को सामाधानको समेत योजना सहित आफुले उम्मेदवारी दिएको उनले बताए।

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - २१:०५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology