Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवन विशेष

चितवनमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

चितवनमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

इच्छाकामना न्युज

१५, आश्विन २०७९
चितवनमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

चितवन । चितवनमा यही मंसिर ४ गते हुने संघिय र प्रादेशीक निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय आज स्थापना गरिएको छ । औद्योगिक व्यवसाय बिकास प्रतिष्ठानको कार्यालय रहेको भरतपुर महानगरपालिका वडा नम्बर १० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

images

मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायधिश रितेन्द्र थापालाई जिम्मेवारी दिईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चितवन क्षेत्र नम्बर २ समेत हेर्ने छ ।

यस्तै क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको रुपमा रेशममणी सिग्देल र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको रुपमा हरिसिंह धामी लाई जिम्मेवारी दिईएको छ । ती दुई क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय खैरहनी र रामपुरमा यही असोज २० गते स्थापना गरिदैं छ ।

मुख्य निर्वाचन अधिकृत थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले कार्यालयको उद्घाटन गरेका हुन् । सो अबसरमा उनले कार्यालय स्थापना भए संगै मंसिर ४ गते हुने निर्वाचनको कामको प्रारम्भ भएको बताए ।

यही असोज २३ गते हुने उम्मेदवार मनोनयका लागि आबश्यक पर्ने निर्वाचन सामाग्री तयारी लगाएतका काम अघि वढाईने बताए । कार्यालयले यहि असोज २१ गते सर्बदलिय र जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक बोलाउने उनले जानकारी दिए । निर्वाचन सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोगको लागि उनले अनुरोध समेत गरे । सो अबसरमा प्रहरी उपरिक्षक नवराज अधिकारी, शशस्त्र प्रहरीबलका प्रहरी उपरिक्षक मनोज थापा, निर्वाचन कार्यालय प्रमुख भिमशेन कार्की लगाएतको उपस्थिति रहेको थियो ।

जिल्ला निर्बाचन कार्यालय चितवनका प्रमुख कार्कीले जिल्लामा हाल ४ लाख ८ हजार ३४२ जना मतदाता रहेको जानकारी दिए । क्षेत्र नम्बर १ मा १ लाख ३९ हजार ८४५ जना, क्षेत्र नम्बर २ मा १ लाख २४ हजार २१४ जना र क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २८३ जना मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा १६२ मतदान स्थल र ४६० मतदान केन्द्र रहेका छन् ।

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - २१:३३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology