मानबहादुर बिश्वकर्मा, बाजुरा । मदिरासेवनका लागि मदिरा सेवन कार्ड अनिवार्य गरेपछि बाजुराको गौमुल गाउँपालिकामा मदिरा सेवन गर्ने र मनोमानि तरिकाले विक्रि वितरण गर्नेहरु घटेका छन् । गाउँपालिकाले पालिका भित्र मदिरा सेवनकर्ताको हकमा अनिवार्य कार्ड बनाउनु पर्ने र सेवन गर्दा साथमा कार्ड अनिवार्य बोक्नु पर्ने प्रावधान ल्याएको छ ।
गाउँपालिकाले मदिरा कार्ड विना मदिरा सेवन गर्नेलाई पहिलोपटक २ हजार रुपयाँ भन्दा बढी जरिवाना लिने गरेको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभयो ।
मदिरा सेवन गर्न ५ सय तिरेर कार्ड लिनु पर्ने र प्रत्येक वर्ष नविकरण गर्नु पर्ने प्रावधान पनि पालिकाले राखेको छ ।निति ल्याएको पहिलो वषर्मा १ हजार ३ सय ५४ जनाले मदिरा सेवन कार्ड बनाएका थिए ।
४ वर्षको अवधिमा घटेर २ सय ८३ जना जनाले मात्रै मदिरा सेवन कार्ड नविकरण गरेका छन् ।पालिकामा मदिरा नियन्त्रण ऐन पारित पछि पालिकामा २८ वटा इजाजत प्राप्त मदिरा पसल संचालनमा रहेका छन् ।
त्यस्तै मदिरा कार्ड प्रयोग गरेर सेवन गर्ने ग्राहक २ सय ८३ जना रहेका छन् । पालिकाले मदिरा नियन्त्रण नियम लागु गरेपछि अहिलेसम्म ४ करोड ६८ हजार ७ सय ५० रुपैयाँ राजश्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताउनुभयो ।