Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको म्याग्दे गाउँपालिकाको घुम्ति शिविर : जनताको उल्लेख्य सहभागिता (तस्विरहरु समेत)

तनहुँको म्याग्दे गाउँपालिकाको घुम्ति शिविर : जनताको उल्लेख्य सहभागिता (तस्विरहरु समेत)

बि.बि. श्रेष्ठ

३, आश्विन २०७९
तनहुँको म्याग्दे गाउँपालिकाको घुम्ति शिविर : जनताको उल्लेख्य सहभागिता (तस्विरहरु समेत)
images

तनहुँ । म्याग्दे गाँउपालिकाद्धारा आयोजित एकीकृत घुम्ति शिविरमा जनताको उल्लेख्य सहभागिता रहेको छ । यहि असोज २ गते देखि शुरु गरिएको घुम्ति शिविरमा पहिलो दिन वडा नं १ को मान्ह्रौमा गरिएको शिविरमा जनताको व्यापक सहभागिता रहेको हो । म्याग्दे गाँउपालिकाका अध्यक्ष् ाश्रीप्रसाद श्रेष्ठले ओम वहादुर आलेको घरमा डिजिटल घर नम्वर टासेर उद्घाटन गर्नुभएको हो ।

images
images

WhatsApp Image 2022-09-18 at 10.05.52.jpeg

पालिकाले वडावासीको सहजतालाई मध्यनजर गरि गरिएको एकीकृत घुम्ति शिविरमा योजना सम्झौता, सुझाव तथा परामर्श, समान्य स्वास्थ्य परिक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधी वितरण, क्षयरोग स्कृनिङ, सुगर परिक्षण, पोषण सेवा, भिआईए स्कृनिङ, प.नि. सेवातथा परामर्श र कोभिड–१९ विरुद्धको खोप संचालन गरिएको थियो । 

यसैगरि शिविरवाट व्यवसायदर्ता, जन्मदर्ता, डिजिटल घर नम्वर प्लेट, जेष्ठ नागरिक कार्ड, उपभोक्ता समितीसँगको सम्झौता, महिलाहरुको पाठेघर जाँच, परिवार नियोजन सम्वन्धि जानकारी, रक्तचापको जाँच, कृषि वीउविजन वितरण, पशुको गोवर परिक्षण, क्रिया स्टेशन लगायतको सेवा दिईएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । 

WhatsApp Image 2022-09-18 at 10.05.45.jpeg

शिविरलाई सम्वोधन गर्दै पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले एकीकृत घुुम्ति शिविरले जनतामा उत्साह छाएको वताउनुभयो । पालिकासम्म पुगेर सेवा लिनुपर्नेमा टोल टोलमा आएर सेवा दिदा जनता उत्साहित भएको वताउनुभयो । निःशुल्क रुपमा जनताको घरघरमा दिने हाम्रो अभियान हो । पालिका जनताप्रति सधै उत्तरदायी रहने समेत उपाध्यक्ष घिमिरेले वताउनुभयो । 

सेवाग्राही ओम वहादुर आलेले सेवाका लागी वडा र पालिकासम्म जानुपर्नेमा घरदैलो सम्मआएर सेवा दिएकोले जनताहरु खुशी भएको वताए । जन्मदर्ता लगायत जनताको आवश्यकतामा पालिका गम्भिर भएकोमा खुशी व्यक्त गरे । 

WhatsApp Image 2022-09-18 at 10.05.49.jpeg

यसैगरि पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनताको सहजताका लागी घुम्ति शिविर शुरु गरिएको र पालिकाका सवै वडा र टोल टोलमा जाने वताए । आमजनताको आवश्यकतामा पालिका गम्भिर छ । जनताको चाहनालाई पालिका सधै शिरोधार्य गर्दछ । जनता सधै वडा र पालिकामा जाने हैन, जनताको घर घरसम्म पनि पुग्नु पर्दछ भनेर यो अभियान शुरु गरेका हौ, अध्यक्ष श्रेष्ठले वताउनुभयो । टोल टोलमा जाँदा आमजनतासँग  साक्षात्कार गर्न सकिनेछ, समस्या सुन्न र समाधानमा घुम्ति शिविर प्रभावकारी हुने वताउनुभयो । 

म्याग्दे गाँउपालिकाले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरेर सेवा घरआँगनमा पुर्‍याउने उद्देश्य सहित एकीकृत घुम्ति शिविर शुरु गरिएको हो । असोज २ देखि संचालन हुने घुम्ति शिविर असोज ३१ गते सम्म चल्ने गाँउपालिकाले जनाएको छ ।  

images
प्रकाशित मिति :आश्विन ३, २०७९ सोमवार - ०८:२१:५५ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology