Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँ म्याग्दे गाउँपालिकाका सातै वडामा उपभोक्ता समितीको लागी अनुशिक्षण कार्यक्रम सम्पन्न

तनहुँ म्याग्दे गाउँपालिकाका सातै वडामा उपभोक्ता समितीको लागी अनुशिक्षण कार्यक्रम सम्पन्न

बि.बि. श्रेष्ठ

३१, भाद्र २०७९
तनहुँ म्याग्दे गाउँपालिकाका सातै वडामा उपभोक्ता समितीको लागी अनुशिक्षण कार्यक्रम सम्पन्न
images

विवि श्रेष्ठ, तनहुँ । म्याग्दे गाँउपालिकाले ७ वटै वडा भित्र रहेको उपभोक्ता समिती र टोल विकास समितीका अध्यक्षहरुलाई अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९।८० मा संचालनहुने योजनाहरुको उपभोक्ता समितीका पदाधिकारी र ८३ वटा टोलका अध्यक्षहरुको लागी १ दिने अनुशिक्षण कार्यक्रम दिईएको हो ।

images
images

306934194_1096626187893154_2328834976672445412_n.jpg

यहि भाद्र २५ गते वडा नं १ वाट संचालन भएको सप्ताहव्यापी अनुशिक्षण कार्यक्रम ३१ गते वडा नं २ को वडा कार्यलयमा सम्पन्न भएको छ । पालिका भित्रका उपभोक्ता समितीका अध्यक्ष र सचिवका साथै ८३ टोल कमिटीका अध्यक्ष गरि ६३८ जनालाई तालिम दिईएको गाँउपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । 

अनुशिक्षण कार्यक्रममा यस आर्थिक वर्ष ०७९।०८० मा परेका योजना छनौट, यसका प्रकृति, सहभागिता र महत्वका वारेमा केन्द्रित गरिएको थियो । योजना छनौट हुने तर समयमा उपभोक्ता समिती सम्झौता गर्न नआउने र आएता पनि आर्थिक वर्षको अन्त्यमा आउँदा योजना नै अलपत्र पर्ने, गुणस्तर नहुने र रकम नै फ्रिज हुने समस्यालाई रोक्नका लागी उपभोक्ता समितीलाई अनुशिक्षण कार्यक्रम दिईएको कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले वताउनुभयो । योजनाका नितिगत योजना र कार्यन्वयनका वारेमा समितीहरुलाई अधिकृत अधिकारीले जानकारी गराउनुभएको थियो । 

कार्यक्रम पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वडास्तरको वजेट, पालिका, प्रदेश र केन्द्रिय वजेटमा परेका योजनाका प्रकृति, यसको कार्यन्वयनका चरण देखि सम्झौता र रकम निकासा सम्मका वारेमा उपभोक्तालाई जानकारी गराउनुभएको थियो । योजना परेदेखि नै यसको प्रक्रिया नजान्दा उपभोक्ताले हैराने व्यहोर्न परेको थियो । पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वताउनुभयो । अनुशिक्षण कार्यक्रमले उपभोक्तालाई सहजीकरण गरेको र यसको कार्यन्वनमा सहयोग पुगेको उपाध्यक्ष घिमिरेले वताउनुभयो । 

WhatsApp Image 2022-09-10 at 3.22.29 PM.jpeg

यसैगरि पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले मुख्य समस्या नै योजनकाको कार्यन्वयन भएको वताए । धेरैजसो उपभोक्तालाई प्रक्रिया नजान्दा हैरानी व्यहोरेको र सम्झौता भईहालेमा प्राविधिक पक्ष र कानुनी पक्षको जटिलताले झन्झट थपेको वताए । त्यस माथी पनि उपभोक्ता समितीका सवै क्रियाशिल नहुँदा योजनाको गुणस्तर नभएको वताए । योजना पर्नु ठुलो हैन, यसको गुणस्तरीय कार्यन्वयन महत्वपुर्ण पाटो हुँदा यो अनुशिक्षण कार्यक्रमले उपभोक्ता र गाँउपालिकालाई उर्जा मिलेको उहाँले वताउनुभयो । 

कार्यक्रममा योजनका प्राविधिक पक्षका वारेमा शाखा प्रमुख शिव ज्ञवाली, ईन्जिनियर रोमन पण्डितले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । यसैगरि योजना शाखा प्रमुख श्रीराम खनालले सम्झौताका चरणका वारेमा प्रकाश पार्नुभएको थियो । यसैगरि योजना सम्पन्न हुने र भुक्तानीमा आईपर्ने समस्याका वारेमा लेखा अधिकृत नवराज पोख्रेल र लेखापाल शिवजी थापाले प्रशिक्षण दिएका थिए । 

हरेक वडामा संचालन भएको उपभोक्ता समितीलाई अनुशिक्षण कार्यक्रमको अध्यक्षता सोही वडाका वडाध्यक्षको अध्यक्षतामा संचालन भएको थियो भने संचालन योजना शाखाका प्रमुख श्रीराम खनालले सहजीकरण गर्नुभएको थियो । 

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - २३:०३:४२ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology