Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अंग्रेजी नयाँ वर्षको दिनदेखि भरतपुरमा ३० करोड लागतको चितवन गार्डेन होटल रिसोर्ट सञ्चालनमा आउदै

अंग्रेजी नयाँ वर्षको दिनदेखि भरतपुरमा ३० करोड लागतको चितवन गार्डेन होटल रिसोर्ट सञ्चालनमा आउदै

इच्छाकामना न्युज

१३, पौष २०७७
अंग्रेजी नयाँ वर्षको दिनदेखि भरतपुरमा ३० करोड लागतको चितवन गार्डेन होटल रिसोर्ट सञ्चालनमा आउदै
images

चितवन, १३ पुस । भरतपुर महानगरपालिका–१० स्थित कटहर चोकमा रहेको चितवन गार्डेन रिसोर्ट अँग्रेजी नयाँ वर्षदेखि संचालनमा आउने भएको छ । रिसोर्टले आइतबार अपरान्ह पत्रकार सम्मेलन गरी यही पुस १७ गते (जनवरी १ तारिख)देखि रिसोर्ट नियमित संचालनमा आउने लागेको जानकारी दिएको हो । रिसोर्टका प्रवन्ध निर्देशक तेजप्रसाद घिमिरेले उद्घाटनको सम्पूर्ण तयारी पुरा भइसकेको बताउनुभयो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले रिसोर्टको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । रिसोर्टमा २८ वटा लक्जरियस कोठाहरु रहेका छन् भने डिजिटल बार, स्वीमिङ पुल, रुफटप रेष्टुरेन्ट, डायनिङ रेष्टुरेन्ट, व्याङक्वेट हल रहेका छन् ।

images
images

प्रवन्ध निर्देशक घिमिरेले गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याइएको बताउनुभयो । उहाँले रिसोर्ट संचालन गर्न ३० करोड खर्च भएको जानकारी दिनुभयो । भरतपुर विमानस्थलसंगै जोडिएकाले पाहुनाहरुका लागि सहज हुने रिसोर्टका संचालक शिव ढकालले बताउनुभयो । उहाँका अनुसार रिसोर्टमा ३२ जनाले रोजगारी पाएका छन् । सो रिसोर्ट १७.५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - ०९:४२:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology