Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सिन्धुपाल्चोकको फड्केश्वर–साँखु सडक अवरुद्ध हुँदा यात्रुहरू मारमा 

सिन्धुपाल्चोकको फड्केश्वर–साँखु सडक अवरुद्ध हुँदा यात्रुहरू मारमा 

images

इच्छाकामना न्युज

२३, भाद्र २०७९
सिन्धुपाल्चोकको फड्केश्वर–साँखु सडक अवरुद्ध हुँदा यात्रुहरू मारमा 
images

देवराज सुवेदी, सिन्धुपाल्चोक । पानी पर्नासाथ सिन्धुपाल्चोकको फड्केश्वर–साँखु सडक अवरुद्ध हुँदा यात्रुहरूअलपत्र परेका छन् । काठमाडौँको शङ्करापुर नगरपालिका सेल्फि डाँडामा बाटो हिलो हुँदा यातयातका साधन पानी पर्ने बितिक्कै फस्ने गरेको छ । यस सडक हुँदै मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा ईन्द्रावती जाने सवारीका साधन चल्ने गरेका छन् ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले त्यहाँका जनप्रतिनिधि र निर्माण व्यवसायीसँग पटकपटक सडक मर्मतका लागि आग्रह गर्दासमेत बेवास्ता गरेका कारण यसरुट हुँदै चल्नेसवारी साधनले दैनिक यस्ता समस्या भोग्नु परेको तामाङले बताउनुभयो ।

ठेकेदारले ध्यान नदिँदा यो ठाँउबाट गाउँगाउँ जाने र बेलैमा गन्तब्य पुग्नका लागि हिडेँका यात्रुहरू बाटोबन्द भएसँगै मारमा पर्ने गरेका छन् । 

images
प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - १०:४५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology