तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न जिल्लाका सबै निर्वाचन क्षेत्र स्तरीय समन्वय कमिटि गठन गरेको छ । पार्टी अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको सचिवालय वैठकले उम्मेदवार सिफारिसका लागि जिल्लाका सबै निर्वाचन क्षेत्र स्तरीय समन्वय कमिटि गठन गरेको हो।
बैठकले हरिराज कँडेल संयोजक, प्रदिपराज अधिकारी सह–संयोजक र दुर्ग बहादुर थापा सचिव रहने गरि १२६ सदस्यीय तनहुँ क्षेत्र नं. १ स्तरीय निर्वाचन समन्वय समिति गठन गरेको छ । सोहि क्षेत्र नं. १ प्रदेश सभा ‘क’ मा शंकर रानाभाट संयोजक, सिताराम सुर्खाली सह–संयोजक र रामजी लौडारी सचिव रहने गरि ५७ सदस्यीय निर्वाचन समन्वय समिति गठन गरेको छ भने प्रदेश सभा ‘ख’ मा इन्द्रमान परियार संयोजक, बाबुराम अधिकारी सह–संयोजक र निर्मल पण्डित सचिव रहने गरि ६९ सदस्यीय निर्वाचन समन्वय समिति गठन गरेको छ।
यस्तै बैठकले राजेश्वर ढकाल संयोजक, खिम कुमाल सह–संयोजक र मेख बहादुर थापा सचिव रहने गरि १३१ सदस्यीय तनहुँ क्षेत्र नं. २ स्तरीय निर्वाचन समन्वय समिति गठन गरेको छ । सोहि क्षेत्र नं. २ प्रदेश सभा ‘क’ मा रत्ना घिमिरे संयोजक, फुलमाया वाग्ले सह–संयोजक र भिम बहादुर वि.क. सचिव रहने गरि ६५ सदस्यीय निर्वाचन समन्वय समिति गठन गरेको छ भने प्रदेश सभा ‘ख’ मा इन्द्र थापा संयोजक, धनन्जय गैरे सह–संयोजक र प्रेम रानाभाट सचिव रहने गरि ६६ सदस्यीय निर्वाचन समन्वय समिति गठन गरेको छ।