Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

नेपाल भारत सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मी आफै असुरक्षित 

नेपाल भारत सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मी आफै असुरक्षित 

इच्छाकामना न्युज

१६, भाद्र २०७९
नेपाल भारत सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मी आफै असुरक्षित 
images

नवराज पनेरु, डडेलधुरा । नेपाल भारत सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मी आफै असुरक्षित बनेका छन् । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलाको ४ सय ५९ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । जहाँ सीमा सुरक्षाका लागि विभिन्न ५० स्थानका बोर्डर आउट पोष्ट (बीओपी)मासशस्त्र प्रहरी खटिने गरेका छन् ।

images
images

नेपाल–भारत सीमा सुरक्षाका लागि स्थापना गरिएको डडेल्धुराको पर्शुराम नगरपालिकास्थित परीगाउँ बीओपीमा खटिने सुरक्षाकर्मि आफै असुरक्षित रुपमा बसिरहेका छन् । परीगाउँको मात्रै नभइ, सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका अनुसारसुदूरपश्चिममा रहेका ५० वटा बीओपीको अवस्था यस्तै छ ।

सीमा क्षेत्रको सुरक्षा र भारतबाट हुने चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले ५० वटा बीओपी स्थापना गरेको छ । तर बीओपीमा खटिने सुरक्षाकर्मीलाई उचित बसोबासको समेत व्यवस्था छैन ।

२२ वटा बीओपी रहेको कञ्चनपुरमा भने अहिले सुरक्षाकिर्महरूको लागि भवन बनाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोकुलप्रसाद अर्यालले जानकारी दिनुभयो ।

सीमामा खटिएका सशस्त्र प्रहरी अस्तव्यस्त अवस्थामा रहेका टहरामा बस्न बाध्य छन् । उनीहरूलाई बस्न, खान र आधारभुत आवश्यकताको सुविधा छैन भने सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सवारी साधन, जनशक्ति र प्राविधिक विषयको समेत अभाव छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - ०९:०८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology