Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माडीको बाँदरझुलामा डीजीपीएस प्रविधिबाट जग्गा नापजाँच सुरु

माडीको बाँदरझुलामा डीजीपीएस प्रविधिबाट जग्गा नापजाँच सुरु

इच्छाकामना न्युज

१५, भाद्र २०७९
माडीको बाँदरझुलामा डीजीपीएस प्रविधिबाट जग्गा नापजाँच सुरु
images

चितवन । चितवनको दक्षिणी भेग माडीको विकट ठाउँ वडा नं.९ बाँदरझुलामा लालपूर्जा बाड्न जग्गाको नापजाँच सुरु भएको छ । बुधबार राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, माडी नगरपालिकाकी प्रमुख तारा काजी महतो सहितको प्राविधिक टोलीले बाँदरझुलामा जग्गा नापजाँच सुरु गरेको हो ।

images
images

डीजीपीएस प्रविधिबाट त्यहाँको जग्गा नापजाँच सुरु गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । बाँदरझुलासंगै माडीका अन्य वडाहरुको अधुरा कामको नापजाँच पनि सुरु गरिएको अध्यक्ष तिमिल्सिनाले बताए । नापजाँचको काम सकिएलगत्तै बाँदरझुलाका २९६ घरधुरीलाई लालपूर्जा वितरणको काम गरिने उनले बताए ।

बाँदरझुला राष्ट्रिय वन क्षेत्रभित्र पर्दछ । यहाँको बस्ती हटाउनका लागि विभिन्न प्रयास भएपनि सफल नभएपछि सोही ठाउँमा लालपूर्जा वितरणको तयारी थालिएको हो ।

सो कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरु, नेकपा (एकीकृत समाजवादी) चितवनका नेता रामचन्द्र लम्साललगायतको उपस्थिति रहेको थियो ।

 

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - २२:३८:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology