Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

‘द नेसनल डिजाइनर रनवे २०२२’ को फर्स्ट रनरअप बनिन् चितवनकी लक्ष्मी श्रेष्ठ

‘द नेसनल डिजाइनर रनवे २०२२’ को फर्स्ट रनरअप बनिन् चितवनकी लक्ष्मी श्रेष्ठ

images

इच्छाकामना न्युज

१४, भाद्र २०७९
‘द नेसनल डिजाइनर रनवे २०२२’ को फर्स्ट रनरअप बनिन् चितवनकी लक्ष्मी श्रेष्ठ
images

चितवन । मोडल सङ्स नेपालले आयोजना गरेको प्रतियोगिता ‘द नेसनल डिजाइनर रनवे २०२२’ को उपाधि सामुयल अकोन्थासले जित्दा चितवनकी लक्ष्मी श्रेष्ठ र निकिता श्रेष्ठले संयुक्त रुपमा फर्स्ट रनरअपको उपाधि जितेका छन् । फर्स्ट रनरअपको उपाधि जितेसंगै उनीहरु संयुक्त रुपमा नगद ३० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै ब्ल्याक फिन्सले सेकेण्ड रनरअपको उपाधि जितेका छन् । उपाधि जितेका अकोन्थासले नगद ५० हजार रुपैयाँ प्राप्त गरे भने सेकेण्ड रनरअप बनेका फिन्सले नगद २० हजार रुपैयाँ प्राप्त गरे । ‘द नेसनल डिजाइनर रनवे २०२२’को विजेता छनोटअघि विजेतासहित अन्य फेसन डिजाइनरहरूबाट तयार पारिएका पहिरन ६० जना मोडलहरूले कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा र्‍याम्पमा प्रदर्शन गरेका थिए।

Winner1661762531.webp

प्रतियोगिताको निर्णायकमा सविन ढुंगाना, दीपक घिमिरे, गोमा तिवारी र तृष्णा गुरुङ थिए। मोडल सङ्स नेपालका प्रमुख डेभिल सिंह राजपुतले पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र १४, २०७९ मंगलवार - १४:३७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology