Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कर्णालीमा मन्त्री फेर्दा ‘श्रीमतीलाई रोजेको मन्त्रालय’

कर्णालीमा मन्त्री फेर्दा ‘श्रीमतीलाई रोजेको मन्त्रालय’

इच्छाकामना न्युज

१४, भाद्र २०७९
कर्णालीमा मन्त्री फेर्दा ‘श्रीमतीलाई रोजेको मन्त्रालय’
images

सुर्खेत । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले १६ अगष्टमा सामाजिक सञ्जालमा अब कठोर निर्णयको मोडमा भन्दै स्टाटस लेखे । उनको त्यो निर्णय के रहेछ भन्दै अधिकांश शुभचिन्तकले उनीमाथि टिप्पणी गरे । त्यसको ठिक पछिल्लो दिन बिहान अर्थात १७ अगष्टमा फेरि आचार्यले कठोर निर्णयबारे थप तीन बुँद्धे स्पष्टीकरण दिँदै लेखे–

images
images

१ , रगत, पसिना र आँशुबाट निर्मित पार्टी परिवर्तन कल्पनाभन्दा बाहिरको हावादारी कुरा हो ।

२, समानतावादी आन्दोलन र वैज्ञानिक विचार९पद्धतिको अगाडि कुनै पनि रुपको पद प्राप्ति मेरो लागि तुच्छ सवाल हो ।

३, पार्टी जमेको पोखरी वा शान्त तलाउ होइन बेगवान नदी हुनुपर्छ । त्यसका लागि म बोल्छु किनकि म मान्छे हो , म बोल्छु किनकि म जिवित मान्छे हो , म बोल्छु किनकि म स्वतन्त्र मान्छे हो ।

आचार्यले कठोर निर्णयको मोडमा लेख्दै गर्दा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको बैठक बस्दै थियो । त्यो निर्णय के रहेछ भन्दै माओवादी वृत्तमा खैलाबैलासमेत भयो । सोही समयमा माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई प्रदेशसभाका सदस्य तथा कर्णाली प्रदेश माओवादी अध्यक्ष विमला केसीले अब कृष्णा शाहलाई मन्त्री नबनाउने हो भने खतरा हुने देखियो भन्दै रिर्पोटिङ गरिन् ।

इन्चार्ज मल्लले तपाइँ कुनै निर्णय लिनुपर्दैन कृष्णा कमरेडलाई मन्त्री बनाइन्छ भन्दै आचार्यलाई जवाफ फर्काए । त्यो सन्देश पाएलगत्तै आचार्यले फेरि १७ अगष्टमा तीन बुँद्धे स्पटीकरण भन्दै अर्को स्टाटस लेखे । त्यो स्पस्टीकरणमा ुम माओवादी पार्टीभित्र प्रतिवद्ध छुु भन्ने उल्लेख छ । कर्णाली प्रदेशका पार्टीको हरेक बैठकमा समेत आचार्य र शाहले अब सरकारको विषयमा के हुन्छ भन्दै पटक पटक एजेण्डा बनाउने क्रम जारी रहेको माओवादी वृतमा चर्चा छ ।

आचार्यलाई मन्त्री बनाएपछि एक मात्र मन्त्री बन्न बाँकी रातो कामीलाई किन छुटाउने भन्दै माओवादीभित्र छलफल सुरु भयो । छलफलले दुवैलाई मन्त्री बनाउने भन्दै निर्णय गर्‍यो । निर्णय त गर्‍यो फेरि मन्त्रालय बाँडफाँडमा झमेला सुरु भयो । जाजरकोटकै गणेशप्रसाद सिंहले लिएको मन्त्रालयमा जाजरकोटकै कृष्णा शाहलाई बनाउँदा त्यसको सन्देश राम्रो नजाने भन्दै रामदिप आचार्यले आर्थिक मामिला मन्त्रालय आफ्नो श्रीमतीलाई मन्त्री बनाउनुपर्ने तर्क गरे । त्यो तर्कमा उनी खरो रुपमा उत्रिएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा रामो कामीलाई नियुक्त गरियो । यो मन्त्री फेर्ने कुरामा मुख्यमन्त्री जीवनबहादुर शाहीलाई चित्त बुझेको छैन ।

उनी भन्छन्, ‘काम गर्ने इच्छा , शक्ति भएकालाई फिर्ता बोलाउने कसरी हुन्छ ? यहाँ राम्रो भन्दै राजीनामा दिन आएका मन्त्रीलाई प्रश्न गरेका थिए । ‘तपाइँहरू हुँदा मन्त्रिपरिषद् जस्तो देखिएको थियो अब फेरि बर्बाद भयो’ मुख्यमन्त्री शाहीले भने ।

 

images
प्रकाशित मिति :भाद्र १४, २०७९ मंगलवार - १३:२२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology