सस्कृति र सँस्कारमा परिचित नेपाली नारीहरुले सदिऔ देखि मनाइ आइरहेको महान पर्व हरितालिका तिज आजदेखि सुरु भएको छ। तिजको रमझमले सम्पूर्ण महिला दिदिबहिनीहरु अहिले आफ्नो दिदिबैनीहरु र साथीहरुसँग वर्षाैसम्म कुण्ठिएका भावनाहरु साटासाट गर्न र रमाइलो गर्नमा व्यस्त देखिन्छ ।
त्यसो त यति बेला तिज पर्वको अवसर पारेर दर खाने र रमाइलो गर्ने चलन देश भित्र देश बाहिरका नेपाली नारीहरुमा केहि बर्ष यता देखि ह्वात्तै बढेको पाइन्छ। तिज पर्व एक छुटै इनर्जी र आत्मबल दिने विशेष पर्व हो । तर पछिल्लो समय हामीले मनाउने तीज पर्व मनाउदै गर्दा हामीले पालना गर्नु पर्ने कर्तव्यबाट टाढिदै गएका त छैनौ भन्ने कुरा टड्कारो देखिएको छ। सस्कृतिलाई जोगाउने निहुमा हाम्रो मौलिक पनलाई तोडमोड गरेर आवश्यकता भन्दा बढी प्राथमिकिकरणमा राखि महिनौ देखि केन्द्रित भएर सबै समय, शक्ति र फजुल लगानीमा खर्चिएका त छैनौ सोच्नु पर्ने देखिएको छ। सस्कृतिलाई जोगाउने नाममा बिकृति बढ्न गएमा भावी पुस्ता सम्म यस्को अवस्था कस्तो रहला ? भावी पुस्ताले के फलो गर्ला ? अनि समाजमा कस्तो सन्देश जाला भन्ने प्रश्नहरुको थुप्रो बढ्न सक्छ । यस र्थ महिला दिदिबैनीहरु नै बढी सम्बेदनशिल भएर सभ्य तरिकाले तीज मनाउनु सकात्मक सन्देश प्रवाह गर्नु हो, मौलिक पनको जगेर्ना गर्नुपर्ने देखिन्छ ।
भेटघाट, रमाइलो र दर खाने मात्र नभइ हरेक महिलाहरुमा शसक्तिकरणमा जोड दिनुका साथै आत्मबिश्वास, आत्मनिर्भर, अग्राधिकार, लैङिगक समानताको लागि हिँसा र दुर्व्यवहार विरुद्धको आवाजलाई सार्थकता दिन, महिला सम्बेदनशिलतालाई बचाइ राख्न, सस्कृतिको वास्तविक पहिचान र परम्परालाई मौलिक पन यथावत राख्ने जस्ता कुराहरुको सन्देश सहित नारीहरुको सर्वाङिगण बिकासमा टेवा पुर्याउन मद्दत पुर्याउने हुनाले यो पर्वको छुटै महत्वका साथ बिशेष रुपमा मनाइने चलन छ । तसर्थ हुने खानेलाई मात्र नभइ हुँदा खानेलाई पनि समेट्न र सहज वातावरण कायम गर्न, भड्किला नभइ सहज र सबै स्तर र तहलाइ पच्ने र मन पर्ने वास्तविक तथा भावी पुस्ताले महसुस गर्न र उर्जा दिन सक्ने सभ्य सस्कृतिको विकास गर्न हामी सबैले पहल गरौ, परसँस्कृतिकरण होइन हामी हाम्रै मौलिकपनमा रमाऔ, जगेर्ना गरौ ।
हामी नारी हाम्रो तिज, हाम्रो सस्कृति हाम्रो पहिचानलाई जीवन्त राखौ र गौरववान बनाऔँ।
अन्त्यमा नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा सबै–सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।