Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

महिला हिंसा

बागमती प्रदेशमा अन्य प्रदेशको तुलनामा महिला हिंसाको घट्ना बढ्दै 

बागमती प्रदेशमा अन्य प्रदेशको तुलनामा महिला हिंसाको घट्ना बढ्दै 

images

इच्छाकामना न्युज

१३, भाद्र २०७९
बागमती प्रदेशमा अन्य प्रदेशको तुलनामा महिला हिंसाको घट्ना बढ्दै 
images

हेटौडा । बागमती प्रदेशमा महिला हिंसाका घटना धेरै हुने गरेको पाईएको छ । राष्ट्रिय महिला आयोगका अनुसार गत आर्थिक वर्षमा आयोगमा दर्ता भएका उजुरीहरू मध्ये करिब ७५ प्रतिशत उजुरी बागमती प्रदेशका महिलाहरूबाट प्राप्त भएको छ । गत आर्थिक वर्ष आयोगमा १ हजार ५ सय ७७ उजुरी दर्ता भएकोमा बाग्मती प्रदेशबाट मात्रै १ हजार १ सय ३ उजुरी दर्ता भएको हो ।

यस्तै सबैभन्दा कम उजुरी कर्णाली प्रदेशबाट २४ वटा उजुरी दर्ता भएको छ । प्रदेश १ र मधेश प्रदेशबाट ७७, गण्डकीबाट ५८, लुम्बीनी प्रदेशबाट ८० र सुदुरपश्चिमबाट ५३ उजुरी प्राप्त भएको छ । प्राप्त उजुरी मध्य १ हजार ३ सय ५५ उजुरी घरेलु हिंसाका छन् भने २ सय २० उजुरी अन्य  हिंसासँग सम्बन्धित रहेका छन् ।

प्राप्त उजुरी मध्ये १ हजार ५ सय ५२ उजुरी उपर आयोगले कानुनी परामर्श दिएको छ भने २ सय १५ उजुरी उपर आयोगले कानुनी सहयोग उपलब्ध गराएको आयोगका प्रवक्ता चमिला भट्राईले बताउनुभयो ।

आयोगका अनुसार घरेलु हिंसा अन्तर्गत मानसिक यातना दिएको उजुरी सबैभन्दा बढी छ । कुटपिट, चरित्र हत्या, आर्थिक यातना, यौन दुव्र्यवहार, बलात्कार, वैवाहिक बलात्कार लगायतका २५ प्रकारका हिंसाविरुद्ध उजुरी दर्ता भएका छन् ।  

images
प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - ०९:०१:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology