Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आधुनिकतासँगै तीज मनाउने चलन फेरिँदै, भड्किलोपना मिसिदै 

आधुनिकतासँगै तीज मनाउने चलन फेरिँदै, भड्किलोपना मिसिदै 

images

इच्छाकामना न्युज

१३, भाद्र २०७९
आधुनिकतासँगै तीज मनाउने चलन फेरिँदै, भड्किलोपना मिसिदै 
images

दिपिन ढुङ्गाना, सिन्धुपाल्चोक । अघिल्लो दुई वर्ष कोरोना भाइरसका कारण तीज विशेष चहलपहल हुन नपाए पनि यस वर्ष तडक भडक बढी देखिएको छ । सिन्धुपाल्चोकमा१५ दिन अघिबाटै दर खान जाने,  महङ्गा कपडा र गरगहना लगाउने, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका कारण पनि तीज परम्पराभन्दा भड्किलो र फरक देखिएको हो ।

विशेषगरि तीजमा छोरीचेली माइत जाने, मीठो मसिनो खाने, सुःख दुःखका गीत गाउने चलन थियो । तर पछिल्ला वर्षहरूमा तीज खर्चालु देखिएको मेलम्ची ६ का नानि बहादुर देउजाले बताउनुभयो ।

तीजको पूर्वसन्ध्यामा विभिन्न सहकारी, महिला सङ्गठन, राजनीतिक दलका भ्रातृ संस्था, गैर सरकारी संस्था, व्यक्तिहरू लगायतले दर खाने भन्दै विभिन्न पार्टी प्यालेसमा कार्यक्रम गरिरहेका छन् । जहाँ लवाइ, खवाइ र चालचलन भड्किलो देखिने गरेको छ ।

तीज मनाउनु राम्रो भए पनि आवश्यकताभन्दा बढी खर्च गर्नु र भड्किलो बनाउनु दुःखद भएको कतिपयको भनाइ छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - ०८:५५:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology