Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

युवाशक्तिलाई स्वदेशमै रोक्नुपर्छ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ 

युवाशक्तिलाई स्वदेशमै रोक्नुपर्छ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ 

images

इच्छाकामना न्युज

१२, भाद्र २०७९
युवाशक्तिलाई स्वदेशमै रोक्नुपर्छ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ 
images

भरतपुर । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङले आदिवासी जनजाति समुदायमा पनि राजनैतिक चेतको विकास भइसकेको दाबी गरेका छन्। तर, आफ्नो जाति र जातिको हकअधिकारका विषयमा बोल्ने आदिवासी जनजाति नेताहरू भने कमै रहेको हुँदा ती नेताहरूलाई जनस्तरबाटै खबरदारी गर्नुपर्ने बताए। 

आइतबार महाबौद्ध गुम्बा तीनखोलेस्थित तमू संग्रहालय भवनको उद्घाटन गर्दै प्रदेश प्रमुख गुरूङले भने, ‘हाम्रै समुदायका नेताहरूले सोच्ने हो भने हामीले अब दुःख पाउनु पर्दैन।’ तर, अहिले युवाहरू हुर्किएपछि विदेश जाने परम्परा नै बनिसकेको भन्दै उनले चिन्ता व्यक्त गरे। 

‘विशेष गरी गुरूङ समुदाय र समग्र आदिवासी जनजाति समुदायका छोराछोरीको विदेश मोह व्यापक बन्दै गइरहेको छ। देश विकासको लागि ती युवाशक्तिलाई हामीले स्वदेशमै अड्काउन सक्नुपर्छ,’ उनले भने, त्यो काम चितवनका गुरूङ समुदाय र तमू ह्युल छोँज धीँबाट सुरूवात गर्न पनि सकिन्छ।’

images
प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - २१:३९:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology