Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तमू ह्युल छोँज धीँ चितवनद्वारा निर्मित तमू संग्रहालय उद्घाटन

तमू ह्युल छोँज धीँ चितवनद्वारा निर्मित तमू संग्रहालय उद्घाटन

images

इच्छाकामना न्युज

१२, भाद्र २०७९
तमू ह्युल छोँज धीँ चितवनद्वारा निर्मित तमू संग्रहालय उद्घाटन
images

भरतपुर । गुरूङ समुदायको साझा संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले भरतपुरमा तमू संग्रहालयको उद्घाटन गरेको छ। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङको बाहुलीबाट संग्रहालय भवनको उद्घाटन गरेका हुन्। संस्था स्थापना भएको लामो समयपछि चितवन जिल्लाका गुरूङ समुदायको सांस्कृतिक पहिचान झल्किने खालको सामग्री राखेर निर्माण गरिएको संग्रहालय भवनको उद्घाटन गरिएको हो। निर्माणकर्ता तमू ह्युल छोँज धीँ चितवनका अध्यक्ष गणेशबहादुर गुरूङका अनुसार निर्माण थालेको १५ वर्षपछि संग्रहालय भवनको उद्घाटन गर्न सफल भएको हो। 

300443416_128904263213910_5236790131889809205_n.jpg

संग्रहालयमा गुरूङ जातिले प्रयोग गर्ने विभिन्न खालका भाँडावर्तन तथा औजारहरूका साथै भेषभूषालाई सजाएर राखिएको छ। पछिल्लो समय भित्रिएको आधुनिकतासँगै ती मौलिक परम्परागत वस्तुहरूको प्रयोग र प्रचलन हराउँदै गएपछि लोप हुने अवस्थामा आइपुगेको हुँदा त्यसको संरक्षणको लागि पनि संग्रहालय आवश्यक परेको अध्यक्ष गुरूङले बताए। ‘भावी पुस्तालाई जानकारी गराउनको लागि पनि संरक्षणको आवश्यकता परेको हो,’ उनले भने, ‘हामीले पनि संरक्षण नगरिदिए हाम्रा आगामी पुस्ताले इतिहास कसरी जान्न सक्छ र ?’ 

301391472_128903816547288_7842895882581511341_n.jpg

संग्रहालयको निर्माण र स्थापनाबारे जानकारी गराउँदै अध्यक्ष गुरूङले चितवनमा गुरूङ समुदायको बसोबास र इतिहासबारे पनि जानकारी गराएका थिए। ‘चितवन जिल्लामा २०२१ सालमा गुरूङ सुधार समाज गठन भएको इतिहास छ,’ उनले भने, ‘तर, कानुनीरूपमा वैधानिकता भने २०५० सालपछि मात्रै भएको पाइन्छ।’ अहिले चितवन जिल्लामा गुरूङ समुदायको लागि संगठित भएका संस्थाहरू धेरै नै भइसकेका छन्। 

300692949_128903896547280_5807363399966161467_n.jpg

कार्यक्रमलाई सम्बोधन गर्दै ह्युल छोँज धीँका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङले ४६ हजार गुरूङको जातीय पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्छ भन्ने विषयमा गण्डकी प्रदेश नामाकरण गरेर सत्तामा रहेकाहरूले बलमिच्याइँ गरेको आरोप लगाए। गुरूङ समुदायबाटै पृथ्वीसुब्बा गुरूङ मुख्यमन्त्री भएको बेला पनि तमूहरूले पहिचानसहितको प्रदेश नपाएको उनले गुनासो गरे। 

302155335_128904239880579_6123343006572757194_n.jpg

हालको गण्डकी प्रदेशमा गुरूङ भाषा र लिपिलाई अध्ययनलाई विद्यालयस्तरबाटै समेटेर लैजानुपर्ने बेला आएको बताए। ‘प्रदेश प्रमुखज्युलाई म आग्रह गर्दछु, यी सब कुरा तपाइँ सरकारमा छँदा नै लागू गर्नुहोस्,’ उनले प्रदेश प्रमुखलाई आग्रह गरे। साथै भारतको सिक्किममा हुन लागेको अन्तर्रािष्ट्रय तमू सम्मेलनको विषयमा समेत जानकारी गराएका थिए। 

300574155_128904199880583_1981857372633641530_n.jpg

सोही अवसरमा संस्थालाई मह¤वपूर्ण योगदान दिएको भन्दै १५ जना सामाजिक व्यक्तित्वहरूलाई सम्मान समेत गरेको थियो। साथै तमू संग्रहालय भवन निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरूलाई समेत सम्मान गरेको थियो।  

301516289_128904563213880_6122071727972543049_n.jpg

तमू स्मारिका लोकार्पण
तमू ह्युल छोँज धीँ चितवनले पहिलोपटक स्मारिका प्रकाशन गरेको छ। गुरूङ समुदायको पहिचान झल्किने लेख रचनाहरू समावेश छन्। साथै तमू विद्यार्थी छोँज धीँ चितवनले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो।  

300462878_128903946547275_7591841965706499229_n.jpg

images
प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - २१:२२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology