Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

केरावारीमा फेरी पहिरो गयो : मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

केरावारीमा फेरी पहिरो गयो : मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

images

इच्छाकामना न्युज

१२, भाद्र २०७९
केरावारीमा फेरी पहिरो गयो : मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध
images

मुग्लिन । भर्खरै प्राप्त खबर अनुसार भरतपुर महानगरपालिका २९ स्थित केरावारीमा लेदो सहितको पहिरो खसेको छ । केहिबेर अघि करिब साढे ८ बजेतिर उक्त स्थानमा पहिरो खसेको हो।

पहिरो खसेका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउनका लागि पहिरो स्थलमा डोजर पुगेपनि निरन्तर झरी परिरहेका कारण पहिरो हटाउने कार्य सुरु हुन नसकेको सडक सुपरभाईजर रन्जिला क्षेत्रीले जानकारी दिएको छ। उनका अनुसार पानी पर्न रोकिए मात्र पहिरो पन्छाउन सहिने अवस्था छ।

मुग्लिन–नारायणगढ सडकखण्डको अधिकांश स्थानमा हिजोदेखि निरन्तर झरि परेको छ । झरि परेको कारण उक्त सडकखण्ड भएर यात्रा गर्न जोखिम देखिएको छ । 

images
प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - २१:००:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology