Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

राजनिति

तनहुँ क्षेत्र नं. १ बाट गठबन्धनको तर्फबाट मेरो दाबी रहन्छ : पूर्वमन्त्री एवं सांसद हरि चुमान

तनहुँ क्षेत्र नं. १ बाट गठबन्धनको तर्फबाट मेरो दाबी रहन्छ : पूर्वमन्त्री एवं सांसद हरि चुमान

इच्छाकामना न्युज

११, भाद्र २०७९
तनहुँ क्षेत्र नं. १ बाट गठबन्धनको तर्फबाट मेरो दाबी रहन्छ : पूर्वमन्त्री एवं सांसद हरि चुमान

तनहुँ । गण्डकी प्रदेशका साँसद एवँ पूर्व आन्तरिक तथा कानुन मन्त्री हरी बहादुर चुमानले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को सँघीय साँसद गठबन्धनको तर्फबाट आफू रहने बताएका छन् ।

images

जिल्लाको आँवुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित छिम्केश्वरी मा‍विको पक्की भवन उद्घाटनको क्रममा आयोजित कार्यक्रममा चुमानले आफू सँधै प्रदेशमा मात्रै उम्मेदवार हुनुपर्छ भन्ने नरहेको बताए । राजनैतिक चेतना र त्याग आफ्नो कसैको भन्दा कमी नरहेको उनले बताए  । 

तनहुँका जनताले आफूलाइ खोजेको र सँघबाट नै तनहुँमा राजनीति गर्न आफू तयार रहेको उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्ध बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका उप प्रमुख बाबसुदेव थापा, आँवुखैरेनी गाउँपालिका उपप्रमुख दुर्गा अर्याल,  शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बसन्तराज पौडेल लगायतले मन्तव्य राखेका थिए  । 

विद्यालयमा पहिलो पटक ७२ लाख रुपैयाँ लगानीमा पक्की चारकोठे भवन निर्माण भएको विद्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - २२:०३:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology