Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

हत्या,हिंसा र बलात्कार बढ्नुमा कमजोर राज्य व्यवस्था जिम्मेवार : शंकर पोखरेल

हत्या,हिंसा र बलात्कार बढ्नुमा कमजोर राज्य व्यवस्था जिम्मेवार : शंकर पोखरेल

images

इच्छाकामना न्युज

८, भाद्र २०८३
हत्या,हिंसा र बलात्कार बढ्नुमा कमजोर राज्य व्यवस्था जिम्मेवार : शंकर पोखरेल
images

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र बुझ्न नहुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले यस्ता घटनाहरू सामाजिक अराजकता,कमजोर राज्य व्यवस्था तथा २०८२ भदौ २४ गतेको विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानको परिणाम भएको बताएका हुन् ।

महासचिव पोखरेलका अनुसार देशको पछिल्लो अवस्थाले समाजमा आत्महत्याको शृङ्खलासमेत वृद्धि गराएको छ । समाजमा अपराध बढ्दै जाँदा नागरिकमा असुरक्षा र भयको मनोविज्ञान सिर्जना हुने उनको भनाइ छ । महासचिव पोखरेलले २०८२ भदौ २४ गते भएको विध्वंसकारी घटनाका योजनाकार तथा दोषीहरूको पहिचान गरी कानुनी रूपमा दण्डित गर्नुपर्नेमा जोड दिएका छन् ।

उक्त घटनाका दोषीहरूलाई कारबाही नगरेसम्म अपराधीहरू निर्भय हुने र नागरिकहरू सदैव भयभीत तथा असुरक्षित रहने अवस्था कायम रहने महासचिव पोखरेलको निष्कर्ष छ ।

 

images
प्रकाशित मिति :भाद्र ८, २०८३ सोमवार - ०९:१२:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology