Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रासस

९, भाद्र २०८३
गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी ९बर्दघाट–सुस्ता–पश्चिम० मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीले पदीय मर्यादा विपरीत कार्य गरेर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपत्रपत्र दायर गरेको छ ।

images
आयोगले सर्भेक्षक सुडीले २०४६ देखि २०८१ सम्मको अवधिमा रु तीन करोड ७१ लाख ८४ हजार ५५१ गैरकानुनी रुपमा आम्दानी गरेको र सोको स्रोत देखाउन नसकेको भन्दै आरोपपत्र दायर गरेको हो । सुडीले २०४६ सालदेखि २०८१ सम्मसम्म वैध आम्दानीतर्फ रु छ करोड तीन लाख पचासी हजार ३० वैधानिक आय आर्जन गरेको जनाएको छ ।
सर्भेक्षक सुडीले सबैतर्फ गरेर रु नौ करोड ७५ लाख ६९ हजार ५८१ बराबरको व्यय लगानी भेट्टिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपोनले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख समेतको प्रचलित कानुन बमोजिम जफत गर्ने प्रयोजनार्थ सुडीकी पत्नी सुमीत्रादेवी साहलाई प्रतिवादी कायम गरेको बताउनुभयो । रासस
 
 

images
प्रकाशित मिति :भाद्र ९, २०८३ मंगलवार - १७:०७:३० बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology